कोरोना प्रकोप : १९२ देशका १४ हजार ६१६ को मृत्यु, अमेरिकामा संक्रमण तीव्र
काठमाडौँ । विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण सोमबार बिहानसम्म १९२ देशमा विस्तार भइसकेको छ । चीनको वुहान सहर हुँदै युरोप र अमेरिकामा यसको प्रकोप उच्च गतिमा बढेको छ ।
विश्वभर यस महामारीबाट १४ हजार ६१६ जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमणबाट हालसम्म ३ लाख ३६ हजार ८३८ व्यक्ति प्रभावित भएकोमा ९७ हजार ६३६ जना निको भई घर फकिएका अन्तर्राष्ट...








