साप्ताहिक सञ्जालको अध्यक्षमा सूर्य बराल सर्वसहमत चयन
चितवन। साप्ताहिक सञ्जाल नेपाल चितवनको अध्यक्षमा सूर्य बराल सर्वसहमत अध्यक्ष चयन भएका छन् । भरतपुर २९ भतेरीमा सम्पन्न सञ्जालको प्रथम अधिवेशनले सूर्य बरालको नेतृत्वमा ९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा शान्ता अधिकारी, सह-सचिवमा बबिलाल तामाङ, कोषाध्यक्षमा हरि कार्की 'लक्की' र प्रवक्तामा नबिन बाबु मरहठ्ठा सर्वसहमत चयन भएका हुन् ।
...









