१४ भदौ, चितवन । रत्ननगर-१० बसोवास गर्ने २६ वार्षिय बिकास पौडेलले एउटा समूहनै बनाएर काेराेना महामरीले सबैतिर लकडाउन भएको अवस्थामा साे समयलाई सदुपयोग गर्न र युवाहरु लाई खालि समय यसरी पनि सदुपयोग गरि आय आर्जन गर्न सकिन्छ साथै आफुलाई यसरी पनि बिजी राख्न सकिन्छ भन्ने एउटा राम्रो उदाहरण प्रस्तुत गरेका छन । उनले याे समयमा सयपत्री फुल खेतीमा लाग्न सके पनि राम्राे आम्दानी गर्न सक्ने बताउदै सबैलाई यस खेति तर्फ लाग्न अभिप्रेरित गर्ने गरेका छन् ।

युनिक युथ क्लब रत्ननगरका सस्थापक अध्यक्ष एवम् राष्ट्रप्रेमी युवा समाज चितवनका संयोजक समेत रहेका पौडेलले यो बर्ष अल्लि ढिलो भै बिरुवा आफै जमाउन नपाएको र आयातित बिरुवा समयमै नआएकाले यो बर्ष पहिलो प्रयास स्वरुप ८०० बिरुवा मात्रै लगायको भएतापनी आगामी बर्ष बिरुवा आफै उत्पादन गरि ठुलो परिमाणमा बेच्ने, बितरण र रोप्ने योजना पनि आफू संग रहेको बताए । उनले युवा अवस्थाको समय, शक्ति अनि सामर्थ्य लाई कृषिमा तथा अन्य उत्पादनसिल कार्यमा लागाउन र खेर नफाल्न सबै युवा हरुमा समेत अग्रह गरे ।

तपाईको प्रतिक्रिया