रत्ननगरका प्रमुख प्रशासकीय अधिकृत कोरोनामुक्त

रत्ननगरका प्रमुख प्रशासकीय अधिकृत कोरोनामुक्त
चितवन । रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोरोनामुक्त भएका छन् । होम आइसोलेसनमा रहँदा अवस्था सुधार उन्मुख नभएपछि भरतपुर कोभिड आइसियूमा उपचार गराएका उनको बिहीबार दोस्रोपटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । पोखरेल अस्पतालबाट शुक्रबार डिस्चार्ज भएका छन् । असोज १५ गते कोरोना पुष्टि भएका पोखरेल एक हप्ता होम आइसोलेसनमा बसेका थिए । एक हप्तासम्म पनि स्वास्थ्यमा सुध...

कोरोना संक्रमणबाट खैरहनीका वडा सदस्य पाण्डेको मृत्यु

कोरोना संक्रमणबाट खैरहनीका वडा सदस्य पाण्डेको मृत्यु
चितवन । पूर्वी चितवनको खैरहनी १२ का वडा सदस्य बद्रीबहादुर पाण्डेको मृत्यु भएको छ । क्यान्सरबाट पीडित पाण्डेको भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार बिहान १ः३० बजे मृत्यु भएको वडाध्यक्ष टीकाराम तिमिल्सिनाले बताए । ४१ वर्षीय उनको गत चैतमा क्यान्सरको अप्रेसन गरिएकोमा तेस्रो पटक किमो चढाइएको थियो । पाण्डेमा दुई दिनअघि कोरोना संक्रमणसमेत पुष्टि भएको थियो । पाण्डे स्थानीय ...

चितवनमा थप १६ जनामा कोरोना संक्रमण

चितवनमा थप १६ जनामा कोरोना संक्रमण
चितवन । चितवनमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा शुक्रबार गरिएका २१५ नमुनामध्ये १६ वटा नमुनाको नतिजा पोजेटिभ आएको हो । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका १३ जना छन् । जसमा महानगरका वडा नं २, ४, ७, ८, १०, १२ र १४ का १६ देखि ६४ वर्षसम्मका ५ महिला र ८ पुरुष छन् । उनीहरुको विभिन्न क्वारेन्टाइन, भरतपुर अस्पताल, पुष्...

कोरोनाभाइरसका कारण विश्वभर ११ लाख पाँच हजार बढीको मृत्यु

कोरोनाभाइरसका कारण विश्वभर ११ लाख पाँच हजार बढीको मृत्यु
पेरिस । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर हालसम्म ११ लाख पाँच हजार ८८२ जनाको मृत्यु भएको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरणअनुसार कोरोनाभाइरसबाट विश्वभर सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या तीन करोड ९३ लाख ८६ हजार पुगेको छ । कुल सङ्क्रमितमध्ये दुई करोड ९५ लाख आठ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । विश्वभर अहिले पनि ८७ लाख ७२ हजार जना...

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७४ लाख २० हजार नाघ्यो

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७४ लाख २० हजार नाघ्यो
नयाँ दिल्ली । भारतमा शुक्रबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७४ लाख २० हजार नाघेको छ । शुक्रबार रातिसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७४ लाख २० हजार ५२९ भएको छ । यस सङ्क्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १२ हजार ९१४ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा गत २४ घन्टामा ६० हजार ४३९ जनामा थप सङ्क्रमण देखिएको र कोरो...

रेम्डेसिभिर औषधि आयात तथा बिक्री वितरणको अनुमति

रेम्डेसिभिर औषधि आयात तथा बिक्री वितरणको अनुमति
काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड-१९)को उपचारमा प्रयोग हुने रिम्डेसिभिर औषधि आयात तथा बिक्री वितरण गर्न तीन कम्पनीलाई अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले औषधि व्यवस्था विभागबाट अनुमति पाउनेमा दुई नेपाली र एक भारतीय कम्पनी छन् । उनका अनुसार नेपालका दुई कम्पनी यती फर्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, ...

रत्ननगर जुनियर जेसिजकाे पौष्टिक आहार वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न

रत्ननगर जुनियर जेसिजकाे पौष्टिक आहार वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न
असाेज ३०, रत्ननगर । रत्ननगर जुनियर जेसिजले हिजो देखि सुरु गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज दोश्रो दिनमा रत्ननगर १० मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित वृद्ध वृद्धाहरुलाई पौष्टिक आहार वितरण गरेको छ । सोहि कार्यक्रम अन्तर्गत टांडी रत्ननगर पोलिक्लिनिकको समन्वयमा वृद्ध वृद्धाको स्वास्थ्य परिक्षण समेत गरिएको छ । कार्यक्रम रत्ननगर जुनियर जेसिजका कार्यकारिणी उपाध्यक्ष ज...

काँग्रेसद्वारा संसद्को विशेष अधिवेशन बोलाउन माग

काँग्रेसद्वारा संसद्को विशेष अधिवेशन बोलाउन माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस (कोभिड–१९) संक्रमण काबु बाहिर जान नदिनका लागि सो विषयमा गम्भीर छलफल गर्न संघीय संसदको विशेष अधिवेशन बोलाउन माग गरेको छ । काँग्रेसको कोभिड—१९ अनुगमन समितिले कोरोना महामारीका कारण मुलुकमा मानवीय र आर्थिक संकट गहिरिँदै गएको र सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै यस विषयमा छलफल गर्न संसदको विशेष अधिवेशन बोल...

शुक्रबार ४३९२ जनामा संक्रमण, एकैदिन २१ सहित ७१५ जनाको मृत्यु

शुक्रबार ४३९२ जनामा संक्रमण, एकैदिन २१ सहित ७१५ जनाको मृत्यु
काठमाडौँ । नेपालमा शुक्रबार ३७४९ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । पछिल्लो २४ घन्टामा २१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ । ...

भारतमा संक्रमितको संख्या ७३ लाख नाघ्यो

भारतमा संक्रमितको संख्या ७३ लाख नाघ्यो
नयाँदिल्ली । भारतमा कोरोनाभाइरस संक्रमणबाट पछिल्लो चौबीसघन्टामा ६८० जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कुल संक्रमितको संख्या ७३ लाख ९ हजार नाघेको छ । पछिल्लो चौबीसघन्टामा भारतमा ६७ हजार ९८८ जना नयाँ संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार हाल ८ लाख १४ हजार ३८६ जना सक्रिय संक्रमित अवस्थामा छन् भने ६३ लाख ८३ हजार ४४१...