नवोदय स्काउटको शक्तिखोरमा “पदयात्रा तथा प्रतिभा खोजी कार्यक्रम – २०७९” सम्पन्न
चितवन,असोज ३ – पुर्वि चितवनको खैरहनी नगरपालिका वडा नम्वर -१ मा अवस्थित नवोदय बिद्यालयद्वारा संचालित नवोदय स्काउट ट्रुपको आयोजनामा “पदयात्रा तथा प्रतिभा खोजी कार्यक्रम – २०७९” सम्पन्न भएको छ।
आठौँ संविधान दिवसको अवसरमा आयोजित उक्त कार्यक्रम (पदयात्रा) चितवनको कालिका नगरपालिका स्थित शक्तिखोरमा रहेको सिन्ति झरना क्षेत्रमा गरिएको हो।
नवोदय स्कुलकि प्राचार्य सिस्टर एलिस मोन्टे...









