चितवनमा थप एक साता निषेधाज्ञा

चितवनमा थप एक साता निषेधाज्ञा
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले थप एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । यसअघि माडी नगरपालिकाबाहेक ६ वटा स्थानीय तहमा मात्र निषेधाज्ञा जारी गरिएकोमा आज राती १२ बजेबाट माडीसहित पुरै जिल्लामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो । जिल्लामा कोरोना सङ्क्रमण वढ्दै गएपछि साउन ३० गते मध्यरात देखि भरतपुर महानगरपालिका र साउन ३२ गते देखि जिल्लाका अन्य पाँच स्था...

नेपालमा कोरोना संंक्रमितको संख्या ३० हजार नाघ्यो, एकै दिन ११ जनाको मृत्यु

नेपालमा कोरोना संंक्रमितको संख्या ३० हजार नाघ्यो, एकै दिन ११ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ४० वटा प्रयोगशालामा गरिएको १३ हजार ५७९ जनाको पिसिआर परीक्षणका क्रममा ८३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । जसमा १२ ...

माडीमा पुलबाट खसेर एक युवाको मृत्यु

माडीमा पुलबाट खसेर एक युवाको मृत्यु
अजित अधिकारी चितवन । माडी नगरपालिका ६ कल्याणपुरमा पुलबाट खसेर एक युवकको ज्यान गएको छ । कल्याणपुरमा रहेको लेते घोलको पुलबाट खसेर युवकको ज्यान गएको हो । ज्यान जानेमा सोही ठाउँ बस्ने अन्दाजीबर्ष ३५ का बिकास गुरुङ रहेको प्रहरीले जनाएको छ । उनलाई आज बिहान स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । मृतक गुरुङ पुल बाट खसेको अनुमान गरिएको भएतापनी उनी कति बजे पुल बाट खसेका थिए भन्ने कुरा...

चितवनमा एक साता निषेधाज्ञा थप

चितवनमा एक साता निषेधाज्ञा थप
५ भाद्र, चितवन । चितवनमा एक साता निषेधाज्ञा थप भएकाे छ । चितवन जिल्लाभर भदौ १२ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा थप भएको हाे । यस अघि जारी गरिएकाे एक साताकाे लक डाउन आज राति १२ बजेबाट सकिदै थियाे । चितवनमा देखिएकाे काेराेनाकाे बढ्दाे केसलाई देखेर चितवनको सबै सातवटै पालिकामा निषेधाज्ञा थप गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

चितवनमा शुक्रबार थपिए २२ संक्रमित, संक्रमितको संख्या ३०३ पुग्यो

चितवनमा शुक्रबार थपिए २२ संक्रमित, संक्रमितको संख्या ३०३ पुग्यो
चितवन । चितवनमा शुक्रबार २६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै चितवनमा कुल संक्रमितको संख्या ३०३ पुगेको छ भने तीन जनाको मृत्यु भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा चितवनका २२ जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा नीतु अधिकारीले जानकारी दिएकी छन् । नयाँ संक्रमण पुष्टि ह...

विश्वभर २ करोड २६ लाख बढी संक्रमित, ७ लाख ९२ हजार बढीको मृत्यु

विश्वभर २ करोड २६ लाख बढी संक्रमित, ७ लाख ९२ हजार बढीको मृत्यु
जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड २६ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २६ लाख ६३ हजार ७४५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी सात लाख ९२ हजार ५६४ जनाको मृत्यु भएको पनि सो संगठनले जनाइएको छ । बिहीबारसम्म विश्वभरीमा एक करोड ५३ लाख ७२ हजार ३२४ जना व...

ब्राजिलमा ३४ लाख ६० हजार बढी संक्रमित, १ लाख ११ हजारको मृत्यु

ब्राजिलमा ३४ लाख ६० हजार बढी संक्रमित, १ लाख ११ हजारको मृत्यु
ब्रासिलिया । कोरोना भाइरसको प्रकोपसँग लडिरहेको ब्राजिलमा निकै ठूलो संख्यामा सङ्क्रमितहरु भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ पछिल्लो २४ घन्टामा मात्र ४९ हजार जना संक्रमित भेटिएका हुन् । त्यसैगरी यहाँ गएको २४ घन्टामा १२०० जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ १ हजार २०० जनाको गएको २४ घन्टामा नै निधन भएको हो । यहाँ यति ठूलो संख्य...

भारतमा एकैदिन करिब ७० हजार संक्रमित थपिए

भारतमा एकैदिन करिब ७० हजार संक्रमित थपिए
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या झण्डै ७० हजारसम्म पुग्न लागेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा ६९ हजार ६५२ जना सङ्क्रमित भेटिएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या २८ लाख ५२ हजार १८६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो विवरणअनुसार भारतमा अहिले...

काठमाडौँ उपत्यकामा निषेधाज्ञा, हिँडडुल गर्नसमेत रोक

काठमाडौँ उपत्यकामा निषेधाज्ञा, हिँडडुल गर्नसमेत रोक
काठमाडौँ । उपत्यकाका तीन जिल्लामा बिहीबारदेखि अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार बुधबारराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको थियो । सोही निर्णयअनुसार रातिदेखि नै आदेश कार्यान्वयनमा आइसकेको प्रहरी प्रधान कार्यालयले जनाए...

कोरोनाले हर्‍यो बरै गरिबको उपचार !

कोरोनाले हर्‍यो बरै गरिबको उपचार !
चितवन । कोरोनाका कारण आर्थिक अवस्था कमजोर भएकाको उपचारको सहारा बनेको यहाँका सरकारी अस्पतालका सेवा प्रभावित भएपछि बिरामी मर्कामा परेका छन् । सङ्घीय अस्पताल भरतपुर अस्पताल र बिपी कोराइला मेमोरियल क्यान्सर अस्पतालको सेवा पाँच दिनदेखि प्रभावित छ । दुवै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र बिरामीमा कोरोना सङ्क्रमण भएपछि उनीहरुको सम्पर्कमा रहेका अन्य चिकित्सक, स्वास्थ्यकर्म...