नेपालमा थपिए ७०७ संक्रमित, मृत्यु हुनेको संख्या ६ जनासहित १२६ जना पुगे

नेपालमा थपिए ७०७ संक्रमित, मृत्यु हुनेको संख्या ६ जनासहित १२६ जना पुगे
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ४० वटा प्रयोगशालामा गरिएको ११ हजार ८३२ जनाको पिसिआर परीक्षणका क्रममा ७०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । जसमा ११ हज...

रत्ननगर -१३ का काेराेना संक्रमितकाे मृत्युु

रत्ननगर -१३ का काेराेना संक्रमितकाे मृत्युु
४ भाद्र, चितवन । रत्ननगर -१३ का काेराेना संक्रमितकाे मृत्युु भएकाे छ । भरतपुर अस्पतालमा उपचाररत रत्ननगर–१३ का ६५ वर्षीय पुरुषको आज २ः५७ बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । ती पुरुषको भरतपुर कोभिड आईसीयूमा उपचार भइरहेको थियो । अस्पतालका अनुसार उनको विगत ६ दिनदेखि कोभिड–१९ आईसीयूमा उपचार भइरहेको थियो र उनमा दीर्घरोग तथा बेड सोर्स भएको र फोक्सोको टिबी, सेप्सीस, एकेआ...

एकैदिन थपिए १०१६ संक्रमित, सात जनाको मृत्यु

एकैदिन थपिए १०१६ संक्रमित, सात जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १०१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ४० वटा प्रयोगशालामा गरिएको १३ हजार ४६१ जनाको पिसिआर परीक्षणका क्रममा १०१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार मंगलबार देखिएको संक्रमित अहिलेसम्मकै बढी हो । यसअघि एकै ...

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन
काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा दुःखद् निधन भएको छ । गत वर्ष शताब्दी वर्ष उमेर पूरा गरेका उनको मंगलबार आफ्नै निवास लैनचौरमा निधन भएको काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले जानकारी दिए । कविता र गीतका माध्यमबाट करोडौँ नेपालीको मन र मस्तिष्कमा बस्न सफल भएका घिमिरेलाई समालोचकहरु परिष्कारवादी धाराका करिब एकमात्र...

यौन दुर्व्यवहारको आरोपमा गोरखा सैनिकलाई जेल सजाय

यौन दुर्व्यवहारको आरोपमा गोरखा सैनिकलाई जेल सजाय
लण्डन । बेलायती गोरखा सेनामा कार्यरत एक गोरखा सैनिकलाई आफ्नो साथीको छोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा अदालतले साढे दुई वर्ष जेल सजाय सुनाएको छ । बेलायतको स्वीइन्डेन एडभर्टाइज नामक पत्रिकाले ४४ वर्षीय विनोद राईलाई ब्रिस्टोल क्राउन कोटले सजाय सुनाएको उल्लेख गरेको छ । राईले आफ्नो साथीको छोरीलाई यौन दुव्र्यवहार गरेको आरोपलाई अदालतसमक्ष स्वीकारेका भने थिएनन् । गत वर्षको १९ जु...

प्रहरीलाई खुकुरी प्रहार गर्ने तीन पक्राउ

प्रहरीलाई खुकुरी प्रहार गर्ने तीन पक्राउ
हेटौँडा । प्रहरीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले मकवानपुरका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–६ का २६ वर्षीय भक्तराम राउत, १६ वर्षीय उत्सव गौतम र ५० वर्षीय नकुल विक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । उनीहरुलाई हेटौँडा–६ चौघडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक डम्बरबहादुर केसीलाई धारिलो हतियार (ख...

गर्भवतीको हत्या आरोपमा पति र सासू पक्राउ

गर्भवतीको हत्या आरोपमा पति र सासू पक्राउ
लहान- गर्भवतीको हत्या गरेको आरोपमा सिरहा प्रहरीले पति र सासूलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उनका २० वर्षीय पति धीरज दास र सासू ३५ वर्षीया राजकुमारी दासलाई प्रहरीले पक्राउ गरेको हो । करिब तीन महिनाकी गर्भवती छोरीलाई गत साउन २७ गते कुटपिट गरी हत्या गरेको मृतकका बुवा चन्दर दासले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि...

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु
बाँके- बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति थप एक जनाको मृत्यु भएको छ । फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ निवासी ६२ वर्षीय पुरुषको गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उहाँका अनुसार गए राति ११.४० बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो । उनलाई साउन ३० गतेदेखि...

चितवनमा कोरोनाको स्रोत : बाहिरी बिरामी र कामदार

चितवनमा कोरोनाको स्रोत : बाहिरी बिरामी र कामदार
–नारायण अधिकारी चितवन । शिक्षा, स्वास्थ्य र रोजगारीका पूर्वाधार तथा संरचना प्राप्त सहरलाई मानिसले सुगम, सहुलियत र सुविधाका रुपमा लिन्छन् । तर, जिल्लामा प्राप्त यही सुविधा यतिखेर चितवनलाई भने टाउको दुखाई बनेको छ । चितवनमा स्वास्थ्य उपचार सुविधा र रोजगारीका कारण बाहिरी जिल्लाबाट आउने बिरामी र कामदारबाट कोरोना भाइरस ९कोभिड १९० भित्रिएको पाइएको विश्लेषण गरिएको छ । जिल्लामा रह...

पोखरामा दुई कोरोना सङ्क्रमितको मृत्यु

पोखरामा दुई  कोरोना सङ्क्रमितको मृत्यु
पोखरा । पोखरामा उपचारका क्रममा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की र तनहुँका एक/एक जना छन् । पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान १०ः४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए । उहाँका अनुसार गत साउन ३२ ग...