मोटरसाइकलसहित नदीमा खस्दा एकको मृत्यु, एक बेपत्ता

मोटरसाइकलसहित नदीमा खस्दा एकको मृत्यु, एक बेपत्ता
तुलसीपुर । सानो राप्ती नदीमा मोटरसाइकल खस्दा दाङमा गए राति एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक बेपत्ता भएका छन् । लु५७प ११०० नंको मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गए राति करिब ११ बजेको समयमा बलरामपुरस्थित सानो राप्ती नदीको पुलमा ठोक्किँदा मोटरसाइकलसहित दुवै जना नदीमा खसेको वडा प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक प्रज्ज्वल थपलियाले बताए । घटनामा दाङको गढवा गाउँपालिका...

बीपी क्यान्सर अस्पतालका पाँच जना नर्समा देखियो कोरोना

बीपी क्यान्सर अस्पतालका पाँच जना नर्समा देखियो कोरोना
चितवन । चितवनको यज्ञपुरीस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पाँच जना नर्सहरुमा कोरोना संक्रमण देखिएको भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार अस्पतालको आकस्मिक कक्ष र मेडिकल अंकोलोजीमा कार्यरत नर्सहरुमा कोरोना पुष्टि भएको हो । अधिकांश नर्सहरु भरतप...

कोरोना संक्रमण बढेपछि पूर्वी चितवनका चार नगरमा निषेधाज्ञा

कोरोना संक्रमण बढेपछि पूर्वी चितवनका चार नगरमा निषेधाज्ञा
चितवन । चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पूर्वी चितवनका चारवटा नगरपालिकामा निषेधाज्ञा लागू गरिएको छ । पूर्वी चितवनका रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिका प्रमुखहरुको बैठकले चार नगरपालिका क्षेत्रमा आइतबार राति १२ बजेदेखि लागू हुने गरी भदौ ७ गतेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको हो । चार नगरपालिकाका प्रमुखहरुको संयुक्त बैठकमा निर्णय गरेर प्रम...

भरतपुर अस्पतालका मेसुसहित पाँच जनामा कोरोना पुष्टि

भरतपुर अस्पतालका मेसुसहित पाँच जनामा कोरोना पुष्टि
चितवन । भरतपुर कोरोना रोग उपचारको ‘हब’ अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित चार चिकित्सक र एक स्वस्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । यससँगै अस्पतालमा नियमित उपचारमा समस्या देखिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारी र स्त्री तथा प्रसूतिरोग विभाग प्रमुख डा सुनिलमणि पोखरेललाई कोरो...

पूर्वी चितवनमा आज राति १२ बजेबाट लागुहुने गरि १ हप्ता लकडाउन गर्न जिल्ला प्रशासनमा सिफारिस

पूर्वी चितवनमा आज राति १२ बजेबाट लागुहुने गरि १ हप्ता लकडाउन गर्न जिल्ला प्रशासनमा सिफारिस
महेश पाण्डे ३२ श्रावण, चितवन । पूर्वी चितवनमा आज राति १२ बजेबाट लागुहुने गरि १ हप्ता लकडाउन गर्न जिल्ला प्रशासन कार्यालय चितवनमा सिफारिस गरिएको छ । साे सिफारिस पश्चात् आज राति १२ बजेबाट पूर्वी चितवनमा लागुहुने गरि १ हप्ता लकडाउन हुने भने लगभग निश्चित भएकाे हाे । पूर्वी चितवनमा रहेका ४ वटा नगरपालिकाहरू क्रमशः रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण बन, कालिका नगरपालिकाका ...

लिदी पहिरामा १३ मृतकको पहिचान, २६ बेपत्ताको खोजी जारी

लिदी पहिरामा १३ मृतकको पहिचान, २६ बेपत्ताको खोजी जारी
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी पहिरामा परी मर्नेको सङ्ख्या १३ पुगेको छ । शुक्रबार बिहान गएको पहिरामा ११ शव भेटिएको र शनिबार बिहान थप दुई शव भेटिएपछि मृतकको सङ्ख्या १३ पुगेको हो । अझै २६ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा ३६ वर्षीया टिकमाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जीते झाँक्री, ८ वर्षीय मिलन दोङ, पाँच वर्षीय सानु दोङ, ७० वर्षीय जयबहादुर ...

कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु

कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु
रुपन्देही । कोरोना भाइरस सङ्क्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत बिरामीको मृत्यु भएको छ । तीन दिनअघि अस्पतालमा भर्ना भएका कपिलवस्तुका ४२ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । फोक्सोमा समस्या देखिएपछि उनलाई सघन उपचार कक्षमा राखेर उपचार गर्नेक्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए । उनको प्रारम्भ...

पहिराले घर पुरिँदा दुई बालकको मृत्यु

पहिराले घर पुरिँदा दुई बालकको मृत्यु
बलेवा । जिल्लाको निसीखोला गाउँपालिकामा घर माथिबाट आएको पहिराले घर पुरिँदा दुई बालकको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–५ बस्ने हिराबहादुर विकका १४ वर्षीय छोरा वीरेन्द्र विक र ६ वर्षीय नाति प्रवेश विकको पहिरामा पुरिएर मृत्यु भएको हो । सोही पहिरामा परी ५३ वर्षीया दिलसरा विक गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि बुर्तिबाङ ल्याइएको प्रहरी नायब उपरीक्षक...

कोरोना संक्रमण फैलिएपछि नवलपरासीमा पनि निषेधाज्ञा

कोरोना संक्रमण फैलिएपछि नवलपरासीमा पनि निषेधाज्ञा
नवलपरासी । कोरोना सङ्क्रमणको सम्भावित रोकथाम र नियन्त्रणका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा शनिबार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । राति १२ बजेदेखि आगामी भदौ ६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञा अवधिभर भेला, गोष्ठी, सेमिनार र सामूहिक जमघट गर्न पाइने छैन । जिल्लामा कोरोना सङ्क्रमण क्रमशः बढ्दै गएको र थप सङ्क्रमित बढ...

चितवनका निजी अस्पतालमा पनि कोरोनाको उपचार सुरु

चितवनका निजी अस्पतालमा पनि कोरोनाको उपचार सुरु
चितवन । चितवन जिल्लामा कोरोना सङ्क्रमितको उपचार थाल्ने निजी क्षेत्रमा पुष्पाञ्जली अस्पताल पहिलो भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण भएमा त्यही उपचार गर्न दिएको निर्देशन अस्पतालले पालना गरेको जनाएको छ । रत्ननगर नगरपालिका–९ टिकौलीका ६१ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा गम्भीर समस्या भई सो अस्पतालमा उपचार गराइरहेको अवस्थामा कोरोना सङ्क्रमण पुष्टि भएको थि...