रत्ननगरलाई सुशासनयुक्त र भ्रष्टाचारमुक्त नगरपालिका निर्माण गर्ने मेरो संकल्प छ : प्रह्लाद सापकोटा
रत्ननगरमा निर्वाचनको माहोल तातेको छ । पाँच दलीय गठबन्धनका तर्फबाट मेयरमा कांग्रेसका युवा नेता प्रह्लाद सापकोटा र नेकपा (एकीकृत समाजवादी)का नेता बद्रिनाथ घिमिरेसहित १६ वटै वडामा उमेदवारहरु घरदैलो र कोणसभामा व्यस्त भएका छन् । रत्ननगरका उदीयमान कांग्रेस युवा नेता प्रह्लाद सापकोटा रत्ननगरलाई समुन्नत र समृद्ध नगर निर्माण गर्ने प्रतिबद्धतासहित चुनावी मैदानमा होमिएका छन् ।
सामा...









