युवतीलाई सामूहिक बलात्कार गर्ने एक पक्राउ, चार फरार

युवतीलाई सामूहिक बलात्कार गर्ने एक पक्राउ, चार फरार
भक्तपुर । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लागू गरेको लकडाउनको समयमा मध्यपुरथिमिमा एक युवती सामूहिक बलात्कारको सिकार भएकी छिन् । मध्यपुर थिमि नगरपालिका–६ पुरानो थिमिमा डेरा गरी बस्ने २२ वर्षीय रोहित गिरीसहितका पाँचजनाले २० वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । गिरीले यही ८ गते बेलुका युवतीलाई ललाइफकाई आर्थिक प्र...

नेपालको पर्यटकीय होटलमा ‘पे नाउ, गो लेटर’ अभियान सुरु

नेपालको पर्यटकीय होटलमा ‘पे नाउ, गो लेटर’ अभियान सुरु
चितवन । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण दुई महिनाअघिदेखि लागू गरिएको लकडाउनका कारण सबै क्षेत्रमा संकट उत्पन्न भएको छ । विशेष गरी पर्यटन क्षेत्र प्रभावित भएको छ । भ्रमण वर्ष २०२० मा २० लाख बढी पर्यटकलाई स्वागत गर्ने आशा र उत्साह बोकेको पर्यटन क्षेत्रलाई सुरुवातमै दाँतमा ढुंगा लागेको छ । अर्बौं लगानी भएको पर्यटन व्यवसाय बन्द रहँदा यस क्षेत्रमा काम गर्ने श्रमिकहरु प्रभ...

जीवनको उद्देश्य साकार बनाउने मार्गको खोजी

जीवनको उद्देश्य साकार बनाउने मार्गको खोजी
-सागर पाण्डे आदरणीय मित्र एवं आफन्तजनमा शुभ प्रभात । लकडाउनको सदुपयोय भनौँ या समय व्यतीत गर्नेक्रममा केही चिन्तन मनन गर्ने जमर्को गरेको छु । मानवीय जीवन के हो र कस्तो बनाउने भन्ने चिन्ता र चिन्तनमै हामीले अधिकांश समय बिताएका हुन्छौँ । जीवनको बोध समयमै हुनुपर्छ । विविध सम्बन्धको आयामले जेलिएको यो संसारमा भावीले जे लेख्यो त्यही हुन्छ या कर्मले लेखेको बन्छ भन्ने कुरा अझैसम्म ...

ट्रक र मोटरसाइकल ठोक्किँदा प्रहरी हबल्दारको मृत्यु

ट्रक र मोटरसाइकल ठोक्किँदा प्रहरी हबल्दारको मृत्यु
फिदिम । इलाम–पाँचथर सीमावर्ती राँके बजारमा ट्रक र मोटरसाइकल एकापसमा ठोकिँदा ड्यूटीमा रहेका एक प्रहरी हबल्दारको ज्यान गएको छ । सवारी आवागमनको अनुगमनका लागि सादा पोसाकमा खटाइएका प्रहरी हबल्दार नवीन बस्नेतको दुर्घटनामा मृत्यु भएको हो । लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सीमा क्षेत्रमा भइरहेको सवारी आवागमनको अनुगमन गर्न बस्नेत एक स्थानीयको मोटरसाइकल लिएर इलामतर्फ गइरहेका थि...

नेशनल मेडिकल कलेजमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण

नेशनल मेडिकल कलेजमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण
वीरगञ्ज । वीरगञ्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको कलैया उपमहानगर ७ का एक वृद्धमा कोरोना भाइरस संक्रमण देखिएको छ । कलेजले हतारमा शव आफन्तको जिम्मा लगाएका कारण मृतकको अन्तिम संस्कारसमेत भइसकेको छ । सो कलेजले लापर्बाहीपूर्ण ढंगले कोरोनाको आशंकामा स्वाब संकलन गरी परीक्षणकै प्रक्रियामा रहेका बेला हतारमै शव परिवारको जिम्मा लगाएको थियो । मृतकको चौंथो रिर्पोट पो...

सोमबार थप ७२ सहित कोरोना संक्रमितको संख्या ६७५ पुग्यो

सोमबार थप ७२ सहित कोरोना संक्रमितको संख्या ६७५ पुग्यो
काठमाडौँ । नेपालमा सोमबार थप ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले दिएको जानकारीअनुसार कपिलवस्तु, काठमाडौँ, दैलेख, बाँके, बारा, रौतहट, धनुषा, सप्तरी, बर्दिया, दैलेखलगायतका जिल्लामा कोरोना संक्रमित फेला परेका हुन् । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालमा थप ७२ सहित कोरोना संक्रमितहरुको कु...

भरतपुर अस्पतालको आइसोलेसन कक्षमा एक पुरुषको मृत्यु

भरतपुर अस्पतालको आइसोलेसन कक्षमा एक पुरुषको मृत्यु
चितवन । चितवनको भरतपुरस्थित भरतपुर सरकारी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत एक पुरुषको सोमबार बिहान मृत्यु भएको छ । निमोनियाबाट ग्रसित पुरुषमा कोरोना भाइरसको आशंका गरिएको छ । मृत्यु हुनेमा नवलपरासी रामग्राम–७ निवासी ४८ वर्षीय पुरुष रहेको भरतपुर अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका अनुसार निज पुरुषलाई लुम्बिनी अस्पतालले भरतपुर अस्पताल रेफर गरेको थियो । आइतबार राति साढे ...

थप १९ सहित ६०३ जनामा संक्रमण पुष्टि, ८७ जना निको भई फर्किए

थप १९ सहित ६०३ जनामा संक्रमण पुष्टि, ८७ जना निको भई फर्किए
काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण आइतबार १९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मोरङ, पर्सा, रौतहट, काठमाडौँ, नुवाकोट, रुपन्देही, कपिलवस्तु र गुल्मीका रहेका छन् । नयाँ सङ्क्रमितमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङ बाह्रदशी–३ का ४५ वर्षीय पुरुष रहेका छन् । ...

चीनको ल्याबबाट भाइरस बाहिरिएको ट्रम्प प्रशासनको दाबी ‘बनावटी’

चीनको ल्याबबाट भाइरस बाहिरिएको ट्रम्प प्रशासनको दाबी ‘बनावटी’
न्यूयोर्क । कोरोनाभाइरसको विश्वव्यापी महामारी मध्य चीनको उहान इन्स्टिच्यूट अफ भाइरोलोजीबाट प्रारम्भ भएको भन्ने ट्रम्प प्रशासनको दाबी “पूर्णतः बनावटी र मनगढन्ते” रहेको इन्स्टिच्यूटका निर्देशकले दाबी गरेका छन् । निर्देशक वाङ यीले आइतबार राज्यसंचालित संचारमाध्यमलाई दिएको अन्तर्वार्तामा भनेका छन्, “इन्स्टिच्यूटलाई यो भाइरसबारे यसअघि न त कुनै ज्ञान थियो न हामीले सामना गरेका थियौ...

भारतमा एकैदिन ६६ सय बढी संक्रमित, १४२ को मृत्यु

भारतमा एकैदिन ६६ सय बढी संक्रमित, १४२ को मृत्यु
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसका कारण शनिबार एकैदिन अहिलेसम्मकै दोस्रो धेरै सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा छ हजार ६५४ जना नयाँ सङ्क्रमित पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या एक लाख ३३ हजार ७२५ पुगेको छ । त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म तीन हजार ९०९ जनाको मृत्यु भएको छ । तीमध्ये १४२ जनाको पछिल्लो २४ घन्टामा...