थप नौसहित नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुग्यो
काठमाडौँ । नेपालमा सोमबार बिहान रौतहट र बारा जिल्लामा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार रौतहटको इशनाथ र माधवनारायण नगरपालिकामा आठ र बाराको करैयामाईंमा एक जना गरी नौ जना कोरोना संक्रमित भेटिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका वडा नं २, ३, ६,...







