कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु

कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु
– कृष्णप्रसाद शर्मा लण्डन । बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ । उनलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो । केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको उपचारका क्रममा मृत्यु भएको गोरखा प्यालेस रेष्टुरेन्टका सञ्चालक एवं समाजसेवी सूर्य गुरुङले जानकारी दिए । पर्वत चारभञ्याङमा जन्मिएका गुर...

बाँकेमा थपिए सात जना कोरोना संक्रमित

बाँकेमा थपिए सात जना कोरोना संक्रमित
काठमाडौँ । बाँकेको नेपालगञ्ज उपमहानगर ८ मा मंगलबार थप सात जनामा कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बाँकेमा चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि गरेका हुन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणका क्रममा ९ वर्षदेखि ...

जापानमा आपतकाल थप एक महिना लम्ब्याउने योजना

जापानमा आपतकाल थप एक महिना लम्ब्याउने योजना
टोकियो । जापानी प्रधानमन्त्री सिन्जो आबेले यहाँ आपतकालको अवधि थप करिब एक महिना लम्ब्याउने तयारी गरिरहनु भएको बताइएको छ । यसअघि यहाँको सरकारले यही मे ६ सम्मका लागि आपतकालको घोषणा गरेको थियो । तर सोमबार यो अवधिलाई लम्ब्याएर कम्तीमा यो महिनाको अन्तिमसम्म पु¥याउने योजना प्रधानमन्त्री आबेले बनाउनुभएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । जापानको टोकियो सहितका सात प्रान्तमा एक...

प्रेस स्वतन्त्रता सुनिश्चित गराउन प्रेस युनियनको आग्रह

प्रेस स्वतन्त्रता सुनिश्चित गराउन प्रेस युनियनको आग्रह
चितवन । नेपाल प्रेस युनियन चितवनले प्रेस स्वतन्त्रता सुनिश्चित गराउन सबै पक्षसँग आग्रह गरेको छ । लोकतन्त्र स्थापनापछि पछि समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनु लाजमर्दो भएको भन्दै पूर्ण प्रेस स्वतन्त्रतामा गम्भिर रहन आग्रह गरेको छ। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै युनियनले लोकतन्त्र स्थायित्वका लागि प्रेस स्वतन्त्र अपरिहार्य रहेको जना...

कोभिड-१९ : विश्वभर ३५ लाख १५ हजार संक्रमित, दुई लाख ४५ हजार बढीको मृत्यु

कोभिड-१९ : विश्वभर ३५ लाख १५ हजार संक्रमित, दुई लाख ४५ हजार बढीको मृत्यु
काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएर अकल्पनीय जनधनको क्षति पुर्‍याएको कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर ३५ लाख १५ हजार मानिस संक्रमित भएका छन् । जसमध्ये ११ लाख ३३ हजार ४९५ जना निको भई घर फर्किएका छन् । विश्वका २१२ भन्दा बढी मुलुकमा संकट उत्पन्न गरेको कोभिड १९ बाट हालसम्म दुई लाख ४५ हजार ५८४ मानिसको ज्यान गएको छ । अझै २१ लाख ३५ हजार ७२ जना बिरामीले विभिन्न अस्प्...

मोटरसाइकल दुर्घटनामा घाइतेको उपचारका क्रममा मृत्यु

मोटरसाइकल दुर्घटनामा घाइतेको उपचारका क्रममा मृत्यु
चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ८ स्थित पूर्वपश्चिम राजमार्गको चैनपुर चोकमा आइतबार बेलुकी ७ः३५ बजे ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको छ । भण्डाराबाट टाँडीतर्फ जाँदै गरेको ग१क २१९६ नं को ट्रकले बाटो क्रस गर्नेक्रममा ना२७ प ५८१८ नं को मोटरसाइकललाई ठक्कर दिँदा खैरहनी ८ का ६३ वर्षीय कुलानन्द भण्डारी ग...

नेपालगञ्जमा थप ६ सहित संक्रमितको संख्या ७५ पुग्यो

नेपालगञ्जमा थप ६ सहित संक्रमितको संख्या ७५ पुग्यो
काठमाडौँ । प्रदेश नं ५ को भेरी अस्पतालस्थित नेपालगञ्जको प्रयोगशालामा आइतबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यसअघि आइतबार नौ जनामा कोरोना संक्रमण भएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । ...

स्वदेशी अर्गानिक उत्पादन विदेश पठाउंँदै ‘मान्द्रो नेपाल’

स्वदेशी अर्गानिक उत्पादन विदेश पठाउंँदै ‘मान्द्रो नेपाल’
चितवन । भरतपुर महानगरपालिका वडा नं १० मा रहेको ‘मान्द्रो नेपाल’ले स्थानीय तरकारीहरुलाई सुकाएर प्याकिङ्ग गरेर विदेश पठाउंँदै आएको छ । विगत दुई वर्षदेखि उत्पादन गर्दै आए पनि गत वर्षबाट व्यावसायिकरुपमा विदेश पठाउंँदै आएको हो । यहांँको अर्गानिक उत्पादन गुन्द्रक, मस्यौरा, मुला तथा कुपिण्डोको चाना, सिन्की, टिकियालगायत उत्पादनहरु विदेश पठाउंँदै आएको मान्द्रो नेपालले जानकारी दिएको छ...

कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीले ज्यान गुमाए

कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीले ज्यान गुमाए
काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर ७३ जना नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्वास्थ्य समितिद्वारा संकलित विवरणअनुसार सबैभन्दा बढी ज्यान गुमाउने नेपाली बेलायतमा रहेका छन् । बेलायतस्थित ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा ८, साउथ इष्टमा ११, साउथ वेष्टमा ३ सहित कुल ४९ जनाको नेपालीको मृत्यु भएको एन...

लकडाउन खुले पनि दसैँअघि सौराहाका होटल नखुल्ने

लकडाउन खुले पनि दसैँअघि सौराहाका होटल नखुल्ने
चितवन । लकडाउनसँगै बन्द भएका सौराहाका होटल दसैँअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरु दसैँमा मात्र खोल्ने तयारी गरिएको छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटल खुले पनि पर्यटक नआउने भएकाले थप व्ययभार नहोस् भन्नका लागि होटल बन्द गर्ने विषयमा व्यवसायीहरु सहमत भएका छन् । उनले भने, “लकडाउनपछि तत्काल विदेशी पर...