क्वारेन्टाइनबाट भाग्ने युवकको खोजी

क्वारेन्टाइनबाट भाग्ने युवकको खोजी
लमजुङ । लमजुङको बेँसीसहर नगरपालिका– ७ सहजीमा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनबाट भागेका एक युवकको प्रहरीले खोजी गरिरहेको छ । कोरोना भाइरस संक्रमण रोक्न लागु गरिएको लकडाउनका बेला चितवनबाट लमजुङ पुगेका पूर्णबहादुर मिजारलाई आइतबार उक्त क्वारेन्टाइनमा राखिए पनि त्यहाँबाट सोही दिन भागेपछि नगर प्रहरीले खोजी तीव्र बनाएको छ । घरमा आमा र बहिनी बिरामी हुनुहुन्छ भन्दै चितवनबा...

प्रदेश १ मा तेइस जना आइसोलेशनमा

प्रदेश १ मा तेइस जना आइसोलेशनमा
धरान । कोरोना भाइरसको रोकथाम र उपचारका क्रममा प्रदेश नं।१ मा छ महिला र १७ पुरुषसहित २३ जना आइसोलेशनमा छन् । ती सबै स्वास्थ्यकर्मीको निगरानीमा छन् । प्रदेशमा आइतबार साँझसम्ममा पिसीआर विधिबाट ३८७ जना स्वाब र आरडिटी विधिबाट दुई हजार २८१ जनाको नमूना परीक्षण गरिएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पिसीआर विधिबाट नमूना परीक्षण ...

क्यानाडामा अन्धाधुन्ध गोली प्रहार, १६ जनाको हत्या

क्यानाडामा अन्धाधुन्ध गोली प्रहार, १६ जनाको हत्या
टोरन्टो । क्यानाडाको नोभा स्कटिया प्रान्तमा प्रहरीको भेषमा आएका एक बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी आइतबार १६ जनाको हत्या गरेका छन् । प्रहरीका अनुसार कोरोनाभाइरसका कारण लकडाउन गरिएकाले मानिसहरु घरभित्र रहेकै समयमा ती व्यक्ति घरघरभित्र प्रवेश गरेर मानिसलाई गोली प्रहार गरेका र कतिपय घरमा आगोसमेत लगाइदिएका थिए । क्यानाडाको इतिहासमा सबैभन्दा विभत्स मानिएको यस घटनामा सं...

कोभिड १९ : २४ लाख बढी संक्रमित, मृतकको संख्या एक लाख ६५ हजार नाघ्यो

कोभिड १९ : २४ लाख बढी संक्रमित, मृतकको संख्या एक लाख ६५ हजार नाघ्यो
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सोमबार बिहानसम्म विश्वभर एक लाख ६५ हजार ५८ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये झण्डै दुई तिहाई सङ्ख्या यूरोपको रहेको विभिन्न देशका स्वास्थ्य तथा गृह मन्त्रालयहरूले एएफपीलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । कुल मृत्यु भएकामध्ये युरोपमा करिब दुई तिहाइ अर्थात् एक लाख एक हजार ७३२ जनाको मृत्यु भएको छ । युरोपमा कोरोना भाइरसको स...

नेपालीको आत्मबलले जित्दै कोभिड

नेपालीको आत्मबलले जित्दै कोभिड
काठमाडौँ । यतिबेला कोभिड–१९ का सङ्क्रमण भटाभट स्वस्थ्य भएर घर फर्किन थालेपछि नेपालीले खुशी भएका छन् । लगातार कोभिड–१९ सङ्क्रमण भएको अवस्था हिजो र आज दुई दिनमा तीनजना सङ्क्रमित पूर्ण स्वस्थ्य भएर घर फर्किएपछि खुशी भएका हुन् । ३१ सङ्क्रमितमध्ये चारजना निको भएर घर फर्किसकेका छन् । शुक्रबार उदयपुर १२ र चितवनमा दुईजना एकैसाथ देखिएपछि त्रास भएका नेपाली २४ घण्टामा तीन बिरामी पूर...

कोरोना भाइरसबाट एक लाख ६३ हजार बढीको मृत्यु, संक्रमितको संख्या २३ लाख ७४ हजार

कोरोना भाइरसबाट एक लाख ६३ हजार बढीको मृत्यु, संक्रमितको संख्या २३ लाख ७४ हजार
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट आइतबार रातिसम्म विश्वभर एक लाख ६३ हजार ६३६ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये झण्डै दुई तिहाई सङ्ख्या यूरोपको रहेको विभिन्न देशका स्वास्थ्य तथा गृह मन्त्रालयहरूले एएफपीलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । कुल मृत्यु भएकामध्ये युरोपमा करिब दुई तिहाइ अर्थात् एक लाख एक हजार ६७६ जनाको मृत्यु भएको छ । युरोपमा कोरोनाभाइरसको सङ...

बोलेरो दुर्घटनामा एकको मृत्यु, आठ घाइते

बोलेरो दुर्घटनामा एकको मृत्यु, आठ घाइते
धादिङ । धादिङको बेनीघाट रोराङको मलेखुबाट खहरेतर्फ जाँदै गरेको बोलेरो जिप पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्वालामुखी गाउँपालिका–१ की २४ वर्षीया सरु बसेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । दुर्घटनामा घाइते भएका अन्य आठ जनालाई तीनवटा एम्बुलेन्सबाट राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचारका लागि भर्ना गरिएको छ ।...

चितवनमा ५९ सवारी कारबाहीमा

चितवनमा ५९ सवारी कारबाहीमा
चितवन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने ५९ सवारी साधनलाई चितवन प्रहरीले कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार दुई मोटरसाइकल तथा ५७ थान मोटरसाइकल तथा स्कुटरको चापी नियन्त्रणमा लिई बेलुकी ७ः३० बजे छाडिएको हो । लकडाउनको आज २७औँ दिनमा आइपुग्दा पैदलयात्री भने पक्राउ गरेक...

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउने वातावरण तयार गर्न एनआरएनको माग

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउने वातावरण तयार गर्न एनआरएनको माग
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल नेपाल फर्कनका लागि आवश्यक वातावरण तयार गर्न नेपाल सरकारसमक्ष माग गरेको छ । एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको नेतृत्वमा आइतबार एक प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई छबुँदे ध्यानाकर्षणपत्र बुझाउँदै खानाबस्नकै समस्या भोग्नेका लागि खाद्यान्नलगा...

कोरनाविरुद्धको लडाइँमा विजय हासिल गर्न नेकपा चितवनको आग्रह

कोरनाविरुद्धको लडाइँमा विजय हासिल गर्न नेकपा चितवनको आग्रह
चितवन । नेकपा जिल्ला संगठन कमिटी कार्यालय टिमको बैठक अध्यक्ष यमबहादुर परिवार ‘इन्द्रजीत’को अध्यक्षता र पार्टी केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका अध्यक्ष नारायण दाहालको प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न भएको छ । बैठकमा केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज कृष्णप्रसाद खनाल र केन्द्रीय सदस्य एवम् महानगर इन्चार्ज रेनु दाहालको विशेष उपस्थिति रहेको थियो । बैठकले सरकारले जार...