कोरोनाविरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग आवश्यक : मन्त्री ढकाल

कोरोनाविरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग आवश्यक : मन्त्री ढकाल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग उपलब्ध भइरहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज नर्भिक इन्टरनेसनल अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले सरकारलाई निजी क्षेत्रले सहयोग गरिरहेको बताएका हुन् । “कोरोना महामारी विर...

यस वर्ष नहुने भयो गैँडा गणना

यस वर्ष नहुने भयो गैँडा गणना
चितवन । गैँडा गणनाको सम्पूर्ण तयारी पूरा भए पनि जारी लकडाउन र प्रतिकूल मौसमका कारण यसवर्ष गणनाको सम्भावना टरेको छ । यही चैत १० गतेदेखि हुने भनिएको गैँडा गणना कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि मुलुकमा लकडाउन जारी भएपछि स्थगित गरिएको हो । शुरुमा चैत १ गतेबाट गणना गरिने भनिए पनि मौसमको प्रतिकूलताका कारण पछाडी सारिएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उ...

चितवनमा कोभिड–१९ को प्रयोगशाला सञ्चालनमा

चितवनमा कोभिड–१९ को प्रयोगशाला सञ्चालनमा
चितवन । राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरको परिसरमा स्थापना गरिएको कोभिड–१९ को प्रयोगशाला आइतबारबाट सञ्चालनमा आएको छ । प्रतिनिधि र प्रदेशसभा सदस्य, जिल्लास्थित दलका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको रोहबरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिरामीको स्वाब (नमूना) प्राविधिकलाई हस्तान्तरण गरेर प्रयोगशालाको शुभारम्भ गरेकी हुन् । पहिलो दिन भएकाले एउटा नमूना...

कोरोना महामारी विश्वभर १२ लाख ७३ हजार बढी संक्रमित, ६९ हजार ४५६ को मृत्यु

कोरोना महामारी विश्वभर १२ लाख ७३ हजार बढी संक्रमित, ६९ हजार ४५६ को मृत्यु
काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण सोमबार बिहानसम्म विश्वभर २०८ देशका १२ लाख ७३ हजार ७०९ जना मानिस बिरामी भएका छन् । यस महामारीबाट मृत्यु हुनेको संख्या ६९ हजार ४५६ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमध्ये ९ लाख ४१ हजार ७६७ को उपचार जारी छ भने २ लाख ६२ हजार ४८६ जना निको भई घर फिरेका छन् । उपचाररत संक्र...

कोरोना महामारी : विश्वभर १२ लाख ५३ हजार संक्रमित, ६८ हजार १४९ को मृत्यु

कोरोना महामारी : विश्वभर १२ लाख ५३ हजार संक्रमित, ६८ हजार १४९ को मृत्यु
काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को संक्रमणका कारण आइतबार राति ११ बजेसम्म विश्वभर २०८ देशका १२ लाख ५३ हजार ३२९ जना मानिस बिरामी भएका छन् । यस महामारीबाट मृत्यु हुनेको संख्या ६८ हजार १४२ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमध्ये ९ लाख २७ हजार ८९२ को उपचार जारी छ भने २ लाख ५७ हजार १३९ जना निको भई घर फिरेका छन् । उपचाररत...

१५२९ सयको परीक्षण, ११३ को उपचार

१५२९ सयको परीक्षण, ११३ को उपचार
काठमाडौँ । भक्तपुरको खरीपाटीस्थित नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका ९४ जनाको कोरोना भाइरस संक्रमण रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले खरिपाटी क्वारेन्टाइनमा रहेका सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् । यही चैत २१ गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले क्वारेन्टाइनमा बसेका कोरोना प्रभावित...

सामाजिक सञ्जालमै बित्छ अधिकांशको समय

सामाजिक सञ्जालमै बित्छ अधिकांशको समय
काठमाडौँ । कोरोना भाइरस, (कोभिड १९) को जोखिम हुन नदिन जारी भएको लकडाउनलाई अधिकांशले सामाजिक सञ्जालमा नै बिताउने गरेका छन् । घरबाहिर निस्कन नपाएपछि आफूले सूचनाको भरपर्दाे माध्ययमका रूपमा सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको काठमाडौँका बिनोद फुँयाल बताउँछन् । “सरकारले गरेको निर्णयप्रति मेरो पूर्ण रूपमा समर्थन छ, तसर्थ मैले घरभित्रै बसेर नियमको पालना गरिरहेको छु”, उनले भने । ...

चितवन कारागारमा कोरोनाको त्रास

चितवन कारागारमा कोरोनाको त्रास
चितवन । नवलपुर जिल्लाका कैदी बन्दीलाई चितवन कारागार ल्याइएपछि यहाँका कैदी बन्दी त्रासमा परेका छन् । नवलपुरमा हालसम्म कारागार रहेको छैन । कारागार कार्यालय चितवनका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार कोरोना भाइरस जोखिम हुन नदिन लकडाउन गरिएपछि नवलपुर जिल्ला अदालतबाट आदेश भइ ११ जना कैदी बन्दी यहाँ आएका छन् । उनले भने, “करागारको क्षमता कम नै रहेको छ । विशेष परिस्थितिका कारण कैदीब...

चीनद्वारा न्यूयोर्कका लागि एक हजार थान भेन्टिलेटर सहयोग

चीनद्वारा न्यूयोर्कका लागि एक हजार थान भेन्टिलेटर सहयोग
न्यूयोर्क । अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले चीन सरकारले कोरोनाभाइरसबाट ठूलो संकटको सामना गरिरहेको न्यूर्याकका लागि एक हजार थान भेन्टिलेटर पठाउन लागेको बताएका छन् । गभर्नर कुमोले संकटको यस समयमा चीन सरकारको सदाशयताका लागि धन्यवाद दिँदै चीनले प्रदान गर्न लागेका भेन्टिलेटर शनिबार नै अमेरिकाको केनेडी विमानस्थलमा आइपुग्ने जानकारी दिए । अमेरिकाका विभिन्न राज्य...

अमेरिकामा मानवीय क्षतिको अनुमान गर्न निकै कठिन : ट्रम्प

अमेरिकामा मानवीय क्षतिको अनुमान गर्न निकै कठिन : ट्रम्प
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका बारेमा पर्याप्त सचेतता नअपनाउने हो भने आउँदो दुई हप्ता अझै धेरै मानिसको मृत्यु हुन सक्ने बताएका छन् । अमेरिकामा कोरोना भाइरस संक्रमित व्यक्तिको संख्या नै बढी देखिएकाले आउँदो दुई हप्तामा अझ धेरै अमेरिकी नागरिकको मृत्यु हुने सम्भावना रहेको उनले शनिबार बताएका हुन् । पछिल्लो विवरणमा अमेरिकामा कोरोना भाइरसका का...