बोरा सङ्कलन केन्द्रमा आगलागी

बोरा सङ्कलन केन्द्रमा आगलागी
चितवन- भरतपुर महानगरपालिका–३ कमलनगरमा रहेको बोरा सङ्कलन केन्द्र आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ । व्यवसायी प्रमोद शाहले सञ्चालन गरेको सो केन्द्रमा आज विहान लागेको आगोलाई स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आगलागीको के करणले भएको हो भन्ने विषयमा अध्ययन भइरहेको जनाइएको छ ।

काठ नहुँदा इच्छाकामना मन्दिर पुनःनिर्माण रोकियो

काठ नहुँदा इच्छाकामना मन्दिर पुनःनिर्माण रोकियो
चितवन- चितवनको इच्छाकामना–५ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर पुनःनिर्माण ढिलाइ भएको छ । गोरखाको मनकामनाको सात दिदी बहिनीमध्ये इच्छाकामनालाई एक मानिन्छ । पछिल्लो समय काठ अभावभएपछि पुनःनिर्माणमा ढिलाइ भएको मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिए । उनका अनुसार मन्दिर जीर्ण भएपछि गत असारदेखि जगैबाट भत्काइ पुनःनिर्माण थालिएको थियो । ...

बस र अटोरिक्सा ठोक्किँदा एकको मृत्यु

बस र अटोरिक्सा ठोक्किँदा एकको मृत्यु
बाँके- बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । भे१ख २१२९ नम्बरको बस र अटो आज बिहान कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि ठोक्किँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । मृतकको नाम र ठेगाना अझै खुल्न नसकेको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । दुर्घटनामा घाइते दुईको...

काव्या, युनिस र ओसिनलाई ‘जुनियर मोडल वर्ल्ड-२०२०’को उपाधि

काव्या, युनिस र ओसिनलाई ‘जुनियर मोडल वर्ल्ड-२०२०’को उपाधि
काठमाडौँ- म्युजिक सिटी हल बालकुमारी, काठमाडौँमा अभ्यानी प्रोडक्सन आयोजना भएको ‘जुनियर मोडल वल्र्ड २०२०’ को उपाधि काव्या खड्का र युनिस खड्काले जितेका छन् । ‘मिस जुनियर मोडल २०२०’ को उपाधि जितेकी काव्या खड्काले नेपाललाई ईजिप्टमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता इन्टरनेशनल टेलिभिजन मोभमेन्ट अफ चायल्ड क्रियटिभिटीमा प्रतिनिधित्व गर्नेछिन् उनले मिस व्युटीफुल तथा वेस्ट ड्र...

इच्छाकामनाको हात्तीवाङ्ग र काउलेमा महिला सशक्तीकरणका लागि अन्तरक्रिया

इच्छाकामनाको हात्तीवाङ्ग र काउलेमा महिला सशक्तीकरणका लागि अन्तरक्रिया
चितवन- चितवनको विकट पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका वडा न १ र २ को हात्तीवाङ्ग र हपनी काउलेस्थित अगुवा चेपाङ महिला पैरवी मञ्चको आयोजनामा वडाका जनप्रतिनिधि एवं अन्य सरोकारवालाहरु निकायसँग चेपाङ महिलाहरुको नेतृत्व विकास, जवाफदेहिता प्रर्वद्धनका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अति सीमान्तकृत चेपाङ समुदायको महिलाहरुको नेतृत्व विकास र सशक्तीकरण गर्दै शिक्षा, स्वास...

विभिन्न दुर्घटनामा गण्डकी प्रदेशमा चार जनाको मृत्यु

विभिन्न दुर्घटनामा गण्डकी प्रदेशमा चार जनाको मृत्यु
पोखरा- गण्डकी प्रदेशमा आज भएका विभिन्न घटनामा परी चार जनाले ज्यान गुमाएका छन् । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार तनहुँ जिल्लामा ट्र्याक्टर दुर्घटनामा दुई र रुखबाट खसेर एकको मृत्यु भएको छ भने गोरखामा एक जना मृतावस्थामा भेटिएका छन् । तनहुँ जिल्लाको देवघाट गाउँपालिका–५ देउतीखोलास्थित पुरानो बस्तीमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ...

कोरोनाको आकस्मिक बिरामीका लागि बाग्मती प्रदेशका सबै जिल्लामा आइसोलेसन

कोरोनाको आकस्मिक बिरामीका लागि बाग्मती प्रदेशका सबै जिल्लामा आइसोलेसन
काठमाडौँ- बाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना भाइरस [कोभिड–१९] प्रकोपबाट प्रभावित भई आकस्मिकरूपमा आएका बिरामीलाई तत्काल उपचारमा ल्याउन उपत्यकाबाहेक प्रदेशका १० जिल्लाको अस्पतालमा आइसोलेसन कक्ष पूर्ण तयारीका साथ राखिएको जनाएको छ । ती जिल्ला अस्पतालमा छुट्टाछुट्टै प्रकोष्ट कक्षमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मी, मास्क, प्रविधियुक्त पोशाक र उपकरणसहित सतर्कमा राखिएको प...

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोटको घटनामा एक पक्राउ, चार घरमा क्षति

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोटको घटनामा एक पक्राउ, चार घरमा क्षति
भक्तपुर- पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको निजी निवास मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटमा रहेको घरमा बुधबार बिहान गराइएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लमजुङ मस्याङ्दी गाउँपालिका–४ घर भई हाल लोकन्थलीको सुकुम्बासी बस्तीमा बस्दै आएका ५८ वर्षीय देव भन्ने देवीबहादुर गुरुङलाई पक्राउ...

पुर्खाहरुको जन्मथलो खोजी गर्दै चितवनका न्यौपाने बन्धु

पुर्खाहरुको जन्मथलो खोजी गर्दै चितवनका न्यौपाने बन्धु
चितवन- चितवनमा रहेका न्यौपाने बन्धुहरुको अगुवा टोलीले आफ्ना पूर्वजहरुको जन्मस्थानको खोजी गर्ने क्रममा लमजुङ पुगेर स्थलगत अध्ययन गरेको छ । नेपाल स्काउट एण्ड गाइड फेलोसिप नेपालका राष्ट्रिय उपाध्यक्ष तीर्थराज न्यौपानेको अग्रसरतामा डा विजयराज न्यौपाने, कृष्णराज न्यौपाने, रामराजा न्यौपाने, प्रकाशराज न्यौपाने, सरोजराज न्यौपानेसहितको टोलीले आफ्ना पुर्खाहरुको जन्मस्थल खोजी गर्ने सिलसिल...

पूर्वअर्थमन्त्री पाण्डेद्वारा धर्मशालाको शिलान्यास

पूर्वअर्थमन्त्री पाण्डेद्वारा धर्मशालाको शिलान्यास
चितवन- पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सांसद् सुरेन्द्र पाण्डेले बुधबार रत्ननगरमा धर्मशालाको शिलान्यास गरेका छन् । रत्ननगर-१, निपनीमा रहेको हरिहर गायत्री मन्दिर संरक्षण समितिले निर्माण गर्न लागेको धर्मशालाको पूर्वअर्थमन्त्री पाण्डेले शिलान्यास गरेका हुन् । सो अवसरमा उनले संविधानले सबै धर्मलाई उत्तिकै महत्त्व दिएको बताए । मुलुक धर्मनिरपेक्षता भए पनि संविधानले कुनै धर्म...