रत्ननगरमा विपद् व्यवस्थापनसम्बन्धी प्रशिक्षण सुरू
चितवन- पूर्वी चितवनको रत्ननगरमा विपद् व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि सुरू भएको छ ।
रत्ननगर नगरपालिका वडा नं–१ ले आयोजना गरेको सो कार्यक्रममा वडाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी तथा बाल क्लबका अध्यक्षहरुको सहभागिता रहेको वडा सचिव सूर्यप्रसाद ढुङ्गानाले जानकारी दिए । कार्यक्रममा विपद् व्यवस्थापनका सैद्धान्तिक तथा व्यावहारिक, दुर्घटना न...









