दक्षिण कोरियामा २३३७ जना कोरोना भाररस संक्रमित, मृत्यु हुनेको संख्या १३ पुग्यो
सोल- दक्षिण कोरियामा थप ५७१ जना कोरोना भाइरस सङ्क्रमित भएपछि सङ्क्रमति व्यक्तिको सङ्ख्या २ हजार ३३७ पुगेको छ । दक्षिण कोरियामा यस भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको समाचारमा जनाइएको छ ।
दक्षिण कोरियाको कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापन केन्द्रको स्थानीय समय अनुसार बिहानको १० र अपराह्न ५ बजे दुईपटक यस रोगको सङ्क्रमित र मृतकको सङख्यालाई अपडेट गराउँदै आएको...









