साेताेकान कराँतेका खेलाडीहरुको ग्रेडिङ

साेताेकान कराँतेका खेलाडीहरुको ग्रेडिङ
चितवन- पूर्वी चितवनको रत्ननगरमा साेताेकान कराँतेका खेलाडीहरुको शनिबार ग्रेडिङ गरिएको छ । साेताेकान कराँते डो एसोसिएसन नेपालमार्फत रत्ननगर २ हाइस्कुल रोडमा रहेको वल्र्ड आर्ट लिंकले १० जना कराँते खेलाडीहरुको ग्रेडिङ गरेको हो । १० जना खेलाडीलाई ह्वाइट बेल्टबाट एल्लो बेल्टमा अपग्रेट गरिएको लिंकका प्रबन्ध निर्देशक योगेश खनालले जानकारी दिए । खेलाडीहरुलाई कराँते खेलका प्रशिक्षक ...

अन्तरजिल्ला यु–१६ क्रिकेटको उपाधि नवलपुरलाई

अन्तरजिल्ला यु–१६ क्रिकेटको उपाधि नवलपुरलाई
पोखरा- पोखरा पल्टन गण्डकी प्रदेशस्तरीय अन्तरजिल्ला यु–१६ एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नवलपुरले जितेको छ । पोखरा रङ्गशालामा सम्पन्न खेलमा घरेलु टोली कास्कीको ‘ए’ टोलीलाई ४८ रनले पराजित गरेपछि नवलपुर लिगमा शीर्षस्थान उक्लेको हो । पोखरा क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा सहभागी पाँच टोलीबीचकोे सुुपरलिगमा नवलपुरले अपराजित रहँदै आठ अङ्क जोड्यो । दोस्रो स्थानमा रह...

प्रधानमन्त्री ओलीको पुस्तक राष्ट्रकवि र शताब्दीपुरुषद्वारा सार्वजनिक

प्रधानमन्त्री ओलीको पुस्तक राष्ट्रकवि र शताब्दीपुरुषद्वारा सार्वजनिक
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको मुलुकको समृद्धिको योजना र आफ्नो अनुभव समेटिएको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा उनको ६९औँ जन्मोत्सवको अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दीपुरुष सत्यमोहन जोशीले संयुक्तरूपमा पुस्तक लोकार्पण गरे । प्रधानमन्त्री ओली आइतबार ७० वर्ष टेक्दै छन् । उक्त समारोहमा ९० वर्षीय उन...

इरानमा पनि कोरोनाभाइरसबाट पाँच जनाको मृत्यु

इरानमा पनि कोरोनाभाइरसबाट पाँच जनाको मृत्यु
तेहरान- इरानमा शनिबार थप एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । यो सहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ । इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरुले बताएका छन् । इरानमा कोरोना सङ्क्रमित व्यक्तिको संख्या २८ पुगेको छ । इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले कोरोना सङ्क्रमणलाई नियन्त्रणमा ल्य...

बिल गेट्सलाई चिनियाँ राष्ट्रपतिको पत्र

बिल गेट्सलाई चिनियाँ राष्ट्रपतिको पत्र
बेइजिङ- चिनियाँ राष्ट्रपति सि चिनफिङले विनाशकारी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सहयोग गरेको भन्दै विश्वकै धनी व्यक्ति बिल गेट्सलाई पत्र पठाएका छन् । कोरोना भाइरस नियन्त्रणका लागि बिल गेट्सको अगुवाईमा खोलिएको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले १० करोड अमेरिकी डलर सहयोग गरेको थियो । महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय दायित्वअनुसार सहयोगको घोषणा गरेको फाउन्ड...

माडीमा अनशनरत पौडेलको जीवन रक्षा गर्न आग्रह

माडीमा अनशनरत पौडेलको जीवन रक्षा गर्न आग्रह
चितवन- नेपाली कांग्रेस चितवनले माडीवासीको माग सम्बोधन गर्दै आमरण अनशनरत माडी १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ । शनिबार काग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा निकुञ्ज तथा वन संरक्षण ऐनमा संशोधनको माग गर्दै आमरण अनशनरत माडी १ का वडाध्यक्ष पौडेलको स्वास्थ्य अवस्था बिग्रँदै गएकोले स्थानीयको समस्या समाधान गर...

वैकल्पिक शक्ति समाजवादी पार्टी : पूर्वप्रधानमन्त्री भट्टराई

वैकल्पिक शक्ति समाजवादी पार्टी : पूर्वप्रधानमन्त्री भट्टराई
पर्वत- समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशको प्रगति चाहने हरेक व्यक्ति समाजवादी पार्टीमा सहभागी हुन आवश्यक रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस दुवै दलमा कतिपय राम्रा मान्छे रहेको उनले बताए । तर, उनीहरूको विचार अगाडि ल्याउन नदिइएका कारण त्यस्ता विचारलाई मुद्दाका रूपमा समाजवादी पार्टीले उठाउने भएकाले बुद्ध...

अनशनकारीको माग पूरा गर्न काँग्रेसको आग्रह

अनशनकारीको माग पूरा गर्न काँग्रेसको आग्रह
काठमाडौँ- प्रमुुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चितवनको माडी नगरपालिका–४ मा स्थानीय समस्या समाधानका लागि चार दिनदेखि आमरण अनशन बसिरहेका अनशनकारीको माग पूरा गर्न सरकारलाई आग्रह गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक विज्ञप्ति जारी गरी सो आग्रह गरेका हुन् । अनशनकारीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण र पाँचौँ संशोधन नियमावली २०७६ ले माडीजस्तो महत्व...

मेटल इन्जिनियरिङ एण्ड फेब्रिकेशनमा कार्कीको नेतृत्व

मेटल इन्जिनियरिङ एण्ड फेब्रिकेशनमा कार्कीको नेतृत्व
चितवन- चितवन मेटल इन्जिनियरिङ एण्ड फेब्रिकेशन उद्योग समितिको प्रथम साधारण सभा एवं अधिवेशनले ताराबहादुर कार्कीको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षहरुमा शान्ता न्यौपाने, कृष्णप्रसाद भण्डारी, मोहनलाल श्रेष्ठ, सचिवमा राजु पुडासैनी, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ, सहसचिवमा दुर्गालाल सापकोटा, सदस्यहरुमा सूर्यप्रसाद तिमिल्सिना, रामहरि कँडेल, युवरा...

सन्दीप लामिछानेद्वारा रंगशालालाई आर्थिक सहयोग

सन्दीप लामिछानेद्वारा रंगशालालाई आर्थिक सहयोग
चितवन- क्रिकेट खेलाडी सन्दीप लामिछानेले धुर्मुस–सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग गरेका छन् । चितवनको भरतपुरस्थित रामनगरमा निर्माणाधीन रंगशालाका लागि उनले ७० हजार रुपैयाँ फाउन्डेसनलाई हस्तान्तरण गरेका हुन् । सन्दीपले गत महिना कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग दुई खेल्ने क्रममा हरेक विकेट लिएबापतको रकम रंगशाला निर्माणका लागि सहयोग गर्ने घो...