कंकाली सामुदायिक वनमा कांग्रेस निकट न्यौपाने विजयी

कंकाली सामुदायिक वनमा कांग्रेस निकट न्यौपाने विजयी
चितवन- कंकाली सामुदायिक वनको चुनावमा अध्यक्ष पदमा नेपाली कांग्रेस निकटका राममणि न्यौपाने विजयी भएका छन् । अन्य पदमा नेकपाका उम्मेदवारले जित हात पारेका छन् । अध्यक्षमा निर्वाचित न्यौपानेले उनका प्रत्यासी नेकपा निकटका रामेश्वर पोखरेललाई २६ मतले पराजित गरेका हुन् । न्यौपानेले कुल खसेको मतमध्ये ८५३ मत प्राप्त गरे । पोखरेलले ८२७ मत प्राप्त गरे । कार्यसमितिको पदाधिकारी र लेखा...

ओली निवासमै कमिसनको सेटिङ : डा भट्टराई

ओली निवासमै कमिसनको सेटिङ : डा भट्टराई
पोखरा- समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीकै घरबाट कमिसनको सेटिङ हुने गरेको आरोप लगाएका छन् । उनले ओलीका प्रियपात्र पूर्वसञ्चारमन्त्री एवं प्रवक्ता गोकुल बास्कोटाले ओलीकै घरमा बसेर सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे ७० करोड कमिसनको डिलिङ गरेको दाबी गरे । समाजवादी पार्टीको संगठन विस्तार तथा सुदृढ...

पशुपति क्षेत्रमा बाँदरबाट बचाइएको फूलमाला मानिसहरुले चोरे

पशुपति क्षेत्रमा बाँदरबाट बचाइएको फूलमाला मानिसहरुले चोरे
काठमाडौँ- महाशिवरात्रिमा पशुपति क्षेत्रको सजावटमा राखिएको फूलमाला चोरी हुन थालेको छ । पशुपति क्षेत्र विकास कोषको पहलमा भक्तजनकै सहयोगमा यस वर्ष करिब रु दुई करोड बराबरको फूलमालाले पशुपति क्षेत्र सजावट गरी आकर्षक बनाइएको थियो । देश विदेशबाट आउने भक्तजनका लागि यस वर्ष पशुपति क्षेत्रमा आउने साधुसन्तभन्दा पनि सजावट नै आकर्षण बनेको थियो । त्यो आकर्षण एक दिन पनि बढ्न सकेन । शुक्रब...

ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु, सहचालक घाइते

ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु, सहचालक घाइते
धादिङ- धादिङमा आज बिहान टायर पड्किएर ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान ३ः२० बजेको समयमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–९ ज्यामिरेघाटस्थित पृथ्वी लोकमार्गमा वीरगञ्जबाट बनेपातर्फ जादै गरेको ना ५ ख ३७७७ नं को शालिमार सिमेन्ट बोकेको ट्रक सडकबाट अन्दाजी एक सय मिटर तल त्रिशूली नदीमा खसेको थियो । टायर पड्किएर आफैँ अनियन्त्रित भइ नदीमा खस्दा ट्रकका चालक मकवानपुर...

शान्ति सुरक्षाको अवस्था सुदृढ छ : गृहमन्त्री थापा

शान्ति सुरक्षाको अवस्था सुदृढ छ : गृहमन्त्री थापा
हेटौँडा- गृहमन्त्री रामहादुर थापाले शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको दाबी गरेका छन् । गृहमन्त्रालयद्वारा आयोजित वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज सम्बोधन गर्दै उनले नेपालको कालापानी क्षेत्रको भूभागलाई फिर्ता ल्याउन सरकारले भारत सरकारसँग कूटनीतिक प्रयास गरिरहेको छ भने । मन्त्री थापाले भ्रमण वर्षलाई उच्च प्राथमिकता दिएर बाह्य पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम ...

करेन्ट लागेर एकको मृत्यु एक घाइते

करेन्ट लागेर एकको मृत्यु एक घाइते
सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा करेन्ट लागेर पैदलयात्री एक जनाको घटनास्थलमा मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका–४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेको र बाह्रबिसे नगरपालिका–१ घोर्थलीका पप्पु गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । शिरिसेस्थित चिनियाँ ठेके...

बस दुर्घटनामा २० यात्रु घाइते

बस दुर्घटनामा २० यात्रु घाइते
तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भएको बस दुर्घटनामा २० यात्रु घाइते भएका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख २०६ नं को बस र विपरित दिशाबाट आउँदै गरेको ना ५ ख २८५६ नं को बस एकापसमा ठक्कर खाँदा दुवै बसमा सवार २० यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये तीन जनालाई भरतपुरस्थित चितवन मेडिकल कलेज र एक...

चेपाङ महिलाको नेतृत्व विकास र जवाफदेहिता प्रर्वद्धनका लागि अन्तरक्रिया

चेपाङ महिलाको नेतृत्व विकास र जवाफदेहिता प्रर्वद्धनका लागि अन्तरक्रिया
चितवन- चितवनको कालिका नगरपालिका ३ पदमपुरमा अगुवा चेपाङ महिला पैरवी मञ्च ३ पदमपुरको आयोजनामा निर्वाचित जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरुसँग चेपाङ महिलाहरुको नेतृत्व विकास, जवाफदेहिता प्रर्वद्धनका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीयस्तरमा सुशासन प्रर्वद्धनका लागि चेपाङ महिलाको नेतृत्व विकास गर्न, स्थानीय निकायमा सामाजिक जवाफदेहिता अभिवृद्धि र योजना निर्माण ...

पानी र हावाहुरीका कारण भरतपुर महोत्सव सर्‍यो

पानी र हावाहुरीका कारण भरतपुर महोत्सव सर्‍यो
चितवन- भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजना हुने प्रथम भरतपुर सांस्कृतिक तथा कृषि, उद्योग पर्यटन, व्यापार महोत्सव २०७६ फागुन १६ गतेदेखिमात्रै सुरु हुने भएको छ । शुक्रबार आएको हावाहुरी र पानीको कारण महोत्सवस्थलमा परेको असर तथा केही तयारी बाँकी रहेकाले महोत्सवको मिति सारिएको आयोजकले जनाएको छ । महोत्सवका मूल संयोजक एवम् भरतपुर व्यवस्थापन समितिका अध्यक्ष घनश्याम पौडेल र महोत...

स्काउट कल्याणकोषको स्थापना दिवस

स्काउट कल्याणकोषको स्थापना दिवस
चितवन- स्काउटका जन्मदाता वेडेल पावेलको जन्मदिनको अवसरमा नेपाल स्काउट कल्याणकोष चितवनको स्थापना दिवस र तेस्रो साधारण सभा कल्याणकोषका अध्यक्ष भुवानीप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ । सो अवसरमा कोषका सचिव मुक्तिनाथ ढकालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामजी अधिकारीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा नेपाल स्काउट एण्ड गाइड फेलोसिपका केन्द्रीय उपाध्यक्ष ...