लुम्बिनी प्रदेश सभा सदस्य शाहीको दोहोरो चाल; हिजो माओवादीलाई समर्थन ,आज एमालेलाई
रंजीत शर्मा/ नवलपरासी/२० बैशाख ।
पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं १ ख बाट सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनी प्रदेश सभा सदस्य अजय शाहीले दोहोरो चाल चलेका छन् ।
हिजो लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिँदै पुनः मुख्यमन्त्री पद मै चयन हुँदा सांसद अजय शाहीले नेपाली कांग्रेस , नेकपा (माओवादी केन्द्र ) र जसपाको समर्थनमा बन्ने सरकारका मुख्यमन्त्री कुल प...








