चितवनका पर्यटकीय क्षेत्रका होटल तथा रेस्टुरेन्टको ३० अर्ब लगानी संकटमा
चितवन । चितवनमा पर्यटकीय र सर्वसाधारणलाई सेवा दिँदै आएका होटल तथा रेस्टुरेन्ट क्षेत्रको ३० अर्ब रुपैयाँ बढी लगानी सङ्कटमा परेको छ ।
जिल्लाका साना ठूला होटल रेष्टुरेन्ट कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण बन्द छन् । देशकै तेस्रो पर्यटकीय क्षेत्र सौराहासहित जिल्लाका एक हजार २५० होटल रेष्टरेन्ट गएको चैतयता बन्द छन् ।
पर्यटन क्षेत्रको अध्ययन अनुसन्धान...









