चितवनमा कोरोना संक्रमितको संख्या ३३७ पुग्यो, पाँच जनाको मृत्यु

चितवनमा कोरोना संक्रमितको संख्या ३३७ पुग्यो, पाँच जनाको मृत्यु
चितवन । चितवन जिल्लामा कोरोना संक्रमितको संख्या ३३७ पुगेको छ । शनिबार भरतपुर अस्पतालको कोभिड १९ ल्याबको परीक्षणमा थप २० र चितवन मेडिकल कलेजको ल्याबको परीक्षणमा चार जना संक्रमित थप भएसँगै जिल्लामा संक्रमितको संख्या ३३७ पुगेको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार शनिबार पुरोना मेडिकल कलेजमा बिहीबार र शनिबार मकवानपुरका एक महिला र एक पुरुषको मृत्यु भएकोमा ...

भरतपुरमा चार दिनदेखि उठ्न सकेन फोहोर

भरतपुरमा चार दिनदेखि उठ्न सकेन फोहोर
–कृष्ण आचार्य चितवन । भरतपुर महानगरपालिकाको फोहोर फाल्न स्थानीयवासीले अवरोध गरेका छन् । नारायणी नदीकिनारस्थित नगरवन क्षेत्रमा फोहोर फाल्न भरतपुर–३ का स्थानीयवासीले अवरोध गरेका हुन् । उनीहरुको अवरोधपछि चार दिनदेखि फोहोर उठ्न सकेको छैन । महानगरले नगरवन क्षेत्रबाट नारायणी नदीकिनारमा फोहोर फाल्दै आएको छ । नारायणीमा फोहोर फाल्दा प्रदूषण बढेको भन्दै चौतर्फी विरोध हुँदै आएको छ तर ...

निषेधाज्ञा उल्लंघन गर्ने २५ सय बढी कारबाहीमा

निषेधाज्ञा उल्लंघन गर्ने २५ सय बढी कारबाहीमा
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको पहिलो चरणको निषेधाज्ञा उल्लंघन गर्ने २५ सय ६३ जनालाई प्रहरीले कारबाही गरेको छ । जिल्लामा कोरोनाको संक्रमण समुदायस्तरमा फैलने जोखिम बढेपछि प्रशासनले साउन ३१ गतेदेखि भदौ ५ गते मध्यरातसम्म पहिलो चरणको निषेधाज्ञा जारी गरेको थियो । यस अवधिमा ४७८ महिला र दुई हजार ८५ पुरूष गरी जम्मा २५ सय ६३ जनाले निषेधाज्ञा उल्लंघन गरी स्वास...

दलदलमा फसेर गैंडा मर्‍यो

दलदलमा फसेर गैंडा मर्‍यो
चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै राप्ती नदी छेउको घोलको दलदलमा फसेर एउटा गैंडा मरेको छ । राप्तीको जोतुवा घाट नजिकै राप्तीदुन सामुदायीक वनको घोलको दलदलमा फसेर आज एउटा गैंडा मृत अबस्थामा फेला परेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी ७ वर्षको पोथी गैंडा मृत अवस्थामा फेला परेको हो । चालु आर्थिक वर्षमा प्राकृतिक कारणले...

कोरोना व्यवस्थापनका लागि प्राविधिक समिति गठन

कोरोना व्यवस्थापनका लागि प्राविधिक समिति गठन
चितवन-दैनिकरूपमा कोरोना संक्रमित थपिदै गएपछि जिल्ला स्तरीय कोभिड–१९ प्राविधिक समिति गठन गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले प्राविधिक समिति गठन गरेको हो । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीको संयोजकत्वमा गठित समितिको सदस्यसचिवमा स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारी रहनुभएको छ । समितिका सदस्यमा चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा लोकबहाद...

चितवनका २० जनासहित थप ३३ जनामा कोरोना पुष्टि

चितवनका २० जनासहित थप ३३ जनामा कोरोना पुष्टि
चितवन । चितवनका २० जनासहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनमा यससँगै कोरोना संक्रमितको संख्या ३२३ पुगेको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार राति १२ बजेसम्म गरिएको परीक्षणमा भरतपुर, रत्ननगर र राप्ती नगरपालिकाका गरी २० जना र पूर्वी नवलपरासी, मकवानपुर, बारा, रौतहट, पर्सा, र मकवानपुरका गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा...

चितवनमा थप एक साता निषेधाज्ञा

चितवनमा थप एक साता निषेधाज्ञा
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले थप एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । यसअघि माडी नगरपालिकाबाहेक ६ वटा स्थानीय तहमा मात्र निषेधाज्ञा जारी गरिएकोमा आज राती १२ बजेबाट माडीसहित पुरै जिल्लामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो । जिल्लामा कोरोना सङ्क्रमण वढ्दै गएपछि साउन ३० गते मध्यरात देखि भरतपुर महानगरपालिका र साउन ३२ गते देखि जिल्लाका अन्य पाँच स्था...

माडीमा पुलबाट खसेर एक युवाको मृत्यु

माडीमा पुलबाट खसेर एक युवाको मृत्यु
अजित अधिकारी चितवन । माडी नगरपालिका ६ कल्याणपुरमा पुलबाट खसेर एक युवकको ज्यान गएको छ । कल्याणपुरमा रहेको लेते घोलको पुलबाट खसेर युवकको ज्यान गएको हो । ज्यान जानेमा सोही ठाउँ बस्ने अन्दाजीबर्ष ३५ का बिकास गुरुङ रहेको प्रहरीले जनाएको छ । उनलाई आज बिहान स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । मृतक गुरुङ पुल बाट खसेको अनुमान गरिएको भएतापनी उनी कति बजे पुल बाट खसेका थिए भन्ने कुरा...

चितवनमा एक साता निषेधाज्ञा थप

चितवनमा एक साता निषेधाज्ञा थप
५ भाद्र, चितवन । चितवनमा एक साता निषेधाज्ञा थप भएकाे छ । चितवन जिल्लाभर भदौ १२ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा थप भएको हाे । यस अघि जारी गरिएकाे एक साताकाे लक डाउन आज राति १२ बजेबाट सकिदै थियाे । चितवनमा देखिएकाे काेराेनाकाे बढ्दाे केसलाई देखेर चितवनको सबै सातवटै पालिकामा निषेधाज्ञा थप गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

चितवनमा शुक्रबार थपिए २२ संक्रमित, संक्रमितको संख्या ३०३ पुग्यो

चितवनमा शुक्रबार थपिए २२ संक्रमित, संक्रमितको संख्या ३०३ पुग्यो
चितवन । चितवनमा शुक्रबार २६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै चितवनमा कुल संक्रमितको संख्या ३०३ पुगेको छ भने तीन जनाको मृत्यु भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा चितवनका २२ जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा नीतु अधिकारीले जानकारी दिएकी छन् । नयाँ संक्रमण पुष्टि ह...