चितवनमा शुक्रबार थपिए २२ संक्रमित, संक्रमितको संख्या ३०३ पुग्यो
चितवन । चितवनमा शुक्रबार २६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै चितवनमा कुल संक्रमितको संख्या ३०३ पुगेको छ भने तीन जनाको मृत्यु भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा चितवनका २२ जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा नीतु अधिकारीले जानकारी दिएकी छन् ।
नयाँ संक्रमण पुष्टि ह...









