कोरोना अस्पताललाई स्यानिटाइजिङ मेसिन
चितवन । लायन्स क्लब अफ इन्टरनेसनल तीन सय २५ वी २ को सहयोगमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा स्वचालित स्यानिटाइजिङ मेसिन जडान गरेको छ । भरतपुर महानगरको अगुवाइ र भरतपुर अस्पतालको व्यवस्थापनमा सञ्चालन भइरहेको सो अस्पतालमा बिरामी, चिकित्सक, स्वास्थ्यकर्मी सोही मेसिनबाट छिरेर जाने व्यवस्था मिलाइएको छ ।
क्लबले रु दुई लाखको लागतमा अस्पतालमा स्यानिटाइजिङ मेसिन जडान गरेको भाइ...









