चितवनमा ५९ सवारी कारबाहीमा

चितवनमा ५९ सवारी कारबाहीमा
चितवन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने ५९ सवारी साधनलाई चितवन प्रहरीले कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार दुई मोटरसाइकल तथा ५७ थान मोटरसाइकल तथा स्कुटरको चापी नियन्त्रणमा लिई बेलुकी ७ः३० बजे छाडिएको हो । लकडाउनको आज २७औँ दिनमा आइपुग्दा पैदलयात्री भने पक्राउ गरेक...

कोरनाविरुद्धको लडाइँमा विजय हासिल गर्न नेकपा चितवनको आग्रह

कोरनाविरुद्धको लडाइँमा विजय हासिल गर्न नेकपा चितवनको आग्रह
चितवन । नेकपा जिल्ला संगठन कमिटी कार्यालय टिमको बैठक अध्यक्ष यमबहादुर परिवार ‘इन्द्रजीत’को अध्यक्षता र पार्टी केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका अध्यक्ष नारायण दाहालको प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न भएको छ । बैठकमा केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज कृष्णप्रसाद खनाल र केन्द्रीय सदस्य एवम् महानगर इन्चार्ज रेनु दाहालको विशेष उपस्थिति रहेको थियो । बैठकले सरकारले जार...

सङ्क्रमितका आफन्तको आरडिटी परीक्षण नेगेटिभ

सङ्क्रमितका आफन्तको आरडिटी परीक्षण नेगेटिभ
–नारायण अधिकारी चितवन । गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई जना कोरोना भाइरसका सङ्क्रमित नजिकका आफन्तको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिमार्फत कोरोना परीक्षण गरिएको छ । राप्ती नगरपालिकामा गरिएको परीक्षणमा सङ्क्रमितसँगै दिनहुँजसो उठबस गरेका आठ आफन्तको जाँच गरिएको र ती सबैको नतिजा नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय चितवननका प्रमुख दीपक तिव...

हावाहुरीले ठूलो परिमाणमा केराखेती नोक्सान

हावाहुरीले ठूलो परिमाणमा केराखेती नोक्सान
चितवन । पूर्वी चितवनमा हावाहुरीले ठूलो परिमाणमा केराखेती नोक्सान गरेको छ । भारी वर्षासहित शुक्रबार बेलुकीको आएको हावाहुरीले करिब रु एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ । हावाहुरीले रत्ननगर, कालिका, राप्ती नगरपालिकादेखि पिप्लेसम्मको केरा नष्ट गरेको हो । यस्तै पश्चिम चितवन क्षेत्रका केरा बारीसमेत नोक्सान भएको कृषक बताउँछन् । बन्दाबन्दीका कारण तयार भएको केरा बजारमा लैजा...

वरिष्ठ कलाकार ॠद्धिचरण श्रेष्ठद्वारा भित्तेपात्रो विमोचन

वरिष्ठ कलाकार ॠद्धिचरण श्रेष्ठद्वारा भित्तेपात्रो विमोचन
चितवन । चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले हरेक नयाँ वर्षमा भित्तेपात्रो प्रकाशन गरेसँगै नयाँ वर्ष २०७७ को भित्तेपात्रोको पनि विमोचन गरेको छ । शनिबार भरतपुरमा एक कार्यक्रमका बीच पत्रिकाले भित्तेपात्रो विमोचन गरेको हो । सो भित्तेपात्रो वरिष्ठ कलाकार ॠद्धिचरण श्रेष्ठले विमोचन गरेका हुन् । विमोचन पछि बोल्दै श्रेष्ठले यस्तो विषम परिस्थितिमा पनि पत्रिकाले भित्तेपात्र...

कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्दै प्रशासन

कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्दै प्रशासन
चितवन । गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पहिचान सुरु गरेको छ । नेपाल आएर दुई दिन काठमाडौँको बसाइँसँगै उनीहरु चैत ५ गते राप्ती नगरपालिका ८ स्थित घरमा आएका थिए । ती सङ्क्रमितको सम्पर्कमा आएकाको पहिचान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नाराय...

लकडाउन उल्लंघन गर्ने १३३ सवारी कारबाहीमा

लकडाउन उल्लंघन गर्ने १३३ सवारी कारबाहीमा
चितवन । चितवनमा शुक्रबार २५औँ दिनको लकडाउन उल्लंघन गर्ने २२ व्यक्ति र १३३ सवारी साधनलाई कारबाही गरिएको छ । उनीहरुलाई जिल्लाको विभिन्न स्थानबाट बेलुकी ६ः३० बजेसम्म नियन्त्रणमा लिइएका व्यक्ति तथा सवारी साधनलाई होल्ड कारबाही गरी छाडिएको हो । प्रहरीले ५ मोटरसाइकल, ३ स्कुटर, एक एम्बुलेन्स र एक ट्रयाक्टरलाई होल्ड कारबाही गरेको जनाएको छ । त्यस्तै, मोटरसाइकल र स्कुटरका गरी १२३ था...

युनिक साकोसले कोरोना कोषलाई दुई लाख सहयोग गर्ने

युनिक साकोसले कोरोना कोषलाई दुई लाख सहयोग गर्ने
चितवन । रत्ननगर-२ मा मुख्य कार्यालय रहेको युनिक साकोसले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि आफ्ना सदस्य तथा समुदायका लागि दुई हजार पिस माक्स वितरण गरेको छ । साकोसको चैत २८ गते बसेको सञ्चालक समितिको १५१औँ बैठकले संस्थाका उपाध्यक्ष प्रेमकृष्ण खनालको संयोजकत्वमा सञ्चालकहरु सुरेन्द्रनाथ रेग्मी, चन्द्रिका महत के.सी. र प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामिछानेसहित चार सदस्यीय क...

तोकिएको समयमा खाद्यवस्तु खरिद बिक्री गर्न महानगरको आग्रह

तोकिएको समयमा खाद्यवस्तु खरिद बिक्री गर्न महानगरको आग्रह
चितवन । अत्यावश्यक खाद्यवस्तु बिक्री गर्ने पसलहरुको सञ्चालनका विषयमा भरतपुर महानगरपालिकाले आफ्नो विज्ञप्ति संशोधन गरेको छ । महानगरले दोस्रो विज्ञप्ति जारी गरी तोकिएको समयमा खाद्यवस्तु खरिद बिक्री गर्न सर्वसाधारणहरुलाई आग्रह गरेको छ । यसअघि महानगर र जिल्ला प्रशासन कार्यालयले गरेको निर्णय बाझिएको थियो । ‘दैनिक उपभोग्य सामानहरु फलफूल, तरकारी, माछामासु, दूध, पशुपक्षीको दाना र कि...

रत्ननगर ७ का बेपत्ता व्यक्ति राप्ती नदीमा मृत फेला

रत्ननगर ७ का बेपत्ता व्यक्ति राप्ती नदीमा मृत फेला
चितवन । गत वैशाख २ गतेदेखि बेपत्ता भएका रत्ननगर ७ का ४३ वर्षीय लालकुमार राउत मृत फेला परेका छन् । राप्ती नदीमा माछा मार्न जानेक्रममा बेपत्ता भएका उनको खोजतलास गर्ने क्रममा आज चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत राप्ती नदीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । राउत बेपत्ता भएको भन्दै उनका आफन्तहरुले बुधबार नै प्रहरीमा निवेदन दिएका थिए ...