लागूऔषध गाँजासहित तीन जना पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर २४ जगतपुरबाट चैत २० गते पक्राउ परेका तीन जनालाई शुक्रबार सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय दिव्यनगरबाट प्रहरी सहायक निरीक्षक प्रेम चौधरीको कमाण्डमा खटाइएको प्रहरी गस्ती टोलीले चैत २० गते ३ बजेको समयमा मोटरसाइकल चेकजाँचका क्रममा मोटरसाइकल पछाडि सवार धनमाया भनिने सानुमाया मगरले झोलामा बोकेको एक किलो १५ ग्राम गाँजा फेला परेप...








