७२ घन्टामा तयार भयो भरतपुरमा कोरोना विशेष अस्पताल
चितवन । भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा ५० शैय्याको ‘भरतपुर कोरोना विशेष अस्पताल’ तयार गरिएको छ । अस्पतालको बहिरङ्ग सेवा तथा जनरल वार्ड आजबाट नै सञ्चालनमा आउने छ । भरतपुर महानगरको अगुवाइमा छोटो अवधिमा नै अस्पतालको लागि आवश्यक उपकरणसहितको संरचना तयार गरिएको हो ।
महानगरपालिका प्रमुख रेनु दाहालले शुक्रबारदेखि अस्पतालको सेवा शुभारम्भ हुने जानकारी दिइन् ...









