चितवनका दुग्ध उत्पादक कृषकहरुलाई सरकारले अनुदान दिने

चितवनका दुग्ध उत्पादक कृषकहरुलाई सरकारले अनुदान दिने
चितवन । चितवनका दुग्ध उत्पादक कृषकहरुलाई बागमती प्रदेश सरकारले उत्पादनका आधारमा प्रतिलिटर दूधमा अनुदान दिने भएको छ । दुग्ध उत्पादक कृषकलाई प्रतिलिटर दूधमा एक रुपैयाँ अनुदान दिनेगरी पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय हेटौँडा र दुग्ध उत्पादक सहकारी संस्थाबीच सम्झौता भएको छ । सम्झौताअनुसार जिल्लाका ८४ वटा दुग्ध उत्पादक सहकारी संस्थालाई अनुदान दिइने निर्देशनालयकी पशु विका...

खैरहनीबाट दिउँसै नौ लाख रुपैयाँ लुटियो

खैरहनीबाट दिउँसै नौ लाख रुपैयाँ लुटियो
चितवन- पूर्वी चितवनको खैरहनीमा एक व्यक्ति दिउँसै लुटिएका छन् । खैरहनी नगरपालिका ८ पर्साबजार क्षेत्रमा गुल्मीका नारायण घर्तीको नौ लाख रुपैयाँ लुटिएको हो । भरतपुरको रेसुंगा विकास बैंकबाट निकालेको रकम लुटिएको घर्तीले बताएका छन् । जग्गा खरिदको लागि खैरहनीकै एक व्यक्तिसँग सम्पर्क भएअनुसार घर्ती र उनका साथमा पदम घर्ती रकम लिएर खैरहनी आएका थिए । उनले जनाएअनुसार उक्त रकम लिए...

भरतपुरमा कोरोना रोकथामका लागि सर्वपक्षीय समिति गठन

भरतपुरमा कोरोना रोकथामका लागि सर्वपक्षीय समिति गठन
चितवन- भरतपुर महानगरपालिकाले नोबल कोरोना भाइरस रोकथाम तथा पूर्वतयारी समन्वय समिति गठन गरेको छ । महानगरमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले नगर प्रमुख रेनु दाहालको संयोजकत्वमा उपप्रमुख, महानगरका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य र महानगरका जनस्वास्थ्य प्रवद्र्धन शाखाका संयोजक सदस्य सचिव रहने गरी समिति गठन गरेको हो । महानगर प्रमुख दाहालको अध्यक्षतामा बस...

चितवनमा रगतको अभाव हुँदा बिरामी समस्यामा

चितवनमा रगतको अभाव हुँदा बिरामी समस्यामा
चितवन- रक्तदानका कार्यक्रम नभएपछि यहाँका विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई रगतको अभाव हुन थालेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि रक्तदानका कार्यक्रम नै कम भएका हुँदा रगतको अभाव देखिएको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालयले जमघटका कार्यक्रम स्थगित गर्न आह्वान गरेसँगै रगतको समस्या परेको...

भरतपुर अस्पतालमा कोरोना उपचारका लागि १९ शैय्याको आइसोलेसन वार्ड

भरतपुर अस्पतालमा कोरोना उपचारका लागि १९ शैय्याको आइसोलेसन वार्ड
चितवन- चितवनमा कोरोना भाइरसका बिरामीलाई उपचारका लागि राख्न भरतपुर अस्पतालमा आइसोलेसन वार्ड विस्तार गरी १९ पु¥याइएको छ । अस्पतालमा बिहीबार कोरोना रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले पाँच शैय्या रहेको आइसोलेसन वार्डलाई १९ शैय्याको बनाउने निर्णयसँगै कार्यान्वयनमा ल्याएको हो । अस्पतालमा आएका शंकास्पद बिरामीलाई सेवा दिन शैय्या थप गरिएको बताइएको छ । अस्पतालमा रहेको ...

चितवनमा कोरोनाको जोखिमलाई मध्यनजर गर्दै कारागार प्रवेशमा कडाइ

चितवनमा कोरोनाको जोखिमलाई मध्यनजर गर्दै कारागार प्रवेशमा कडाइ
चितवन- चितवनमा कोरोना भाइरसका संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कारागारमा कोरोन भाइरसको सङ्क्रमण हुनसक्ने भन्दै भेटघाटमा आउने आफन्तलाई कडाइ गरिएको छ । कारागार कार्यालय भरतपुरका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार कारागारमा रहेका कैदीबन्दीका आफन्तलाई भेटघाट र प्रवेशमा कडाइ गरिएको हो । भेटघाटका लागि दैनिक १०० देखि २०० जनासम्म आउने गरेका छन् । उनीहरुलाई अनिवार्य माक्स लगाउनुपर्ने ...

पदमपुरमा खुल्यो सुविधासम्पन्न चौधरी ज्याकवास

पदमपुरमा खुल्यो सुविधासम्पन्न चौधरी ज्याकवास
चितवन- कालिका नगरपालिका वडा नं २ पदमपुर, सिर्जनाचोकमा चौधरी ज्याकवास तथा रिकण्डिसन हाउस सञ्चालनमा आएको छ । लामो समयदेखि मोटरसाइकल खरिद बिक्री गर्ने व्यवसाय सञ्चालन गर्दै आइरहेका कुमार चौधरीले करिब तीन करोडको लगानीमा ज्याकवास सञ्चालनमा ल्याएका हुन् । कालिका नगरपालिकाको पदमपुर सहरीकरणतर्फ उन्मुख क्षेत्र हो । मोटरसाइकलको बढ्दो मागलाई मध्यनगर गरी मोटरसाइकल एक्सचेन्ज अफरसहितक...

रामपुर माविमा भूपू विद्यार्थी संगठन गठन

रामपुर माविमा भूपू विद्यार्थी संगठन गठन
चितवन- पश्चिम चितवनमा रहेको रामपुर माध्यमिक विद्यालयमा भूतपूर्व विद्यार्थीहरुको संगठन गठन गरिएको छ । पूर्वविद्यार्थीहरुको भेलाले भूतपूर्व विद्यार्थी संगठन गठन गरिएको हो । भरतपुर महानगरपालिका १५ मा स्थित विद्यालयमा बिहीबार बसेको भेलाले श्रीकृष्ण देवकोटाको संयोजकत्वमा समिति गठन गरिएको छ । भेलाले ३४ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा शान्ता अधिकारी, सचि...

बोरा सङ्कलन केन्द्रमा आगलागी

बोरा सङ्कलन केन्द्रमा आगलागी
चितवन- भरतपुर महानगरपालिका–३ कमलनगरमा रहेको बोरा सङ्कलन केन्द्र आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ । व्यवसायी प्रमोद शाहले सञ्चालन गरेको सो केन्द्रमा आज विहान लागेको आगोलाई स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आगलागीको के करणले भएको हो भन्ने विषयमा अध्ययन भइरहेको जनाइएको छ ।

काठ नहुँदा इच्छाकामना मन्दिर पुनःनिर्माण रोकियो

काठ नहुँदा इच्छाकामना मन्दिर पुनःनिर्माण रोकियो
चितवन- चितवनको इच्छाकामना–५ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर पुनःनिर्माण ढिलाइ भएको छ । गोरखाको मनकामनाको सात दिदी बहिनीमध्ये इच्छाकामनालाई एक मानिन्छ । पछिल्लो समय काठ अभावभएपछि पुनःनिर्माणमा ढिलाइ भएको मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिए । उनका अनुसार मन्दिर जीर्ण भएपछि गत असारदेखि जगैबाट भत्काइ पुनःनिर्माण थालिएको थियो । ...