भरतपुर सांस्कृतिक तथा कृषि, उद्योग पर्यटन, व्यापार महोत्सव-२०७६ सुरु
चितवन- भरतपुरको केन्द्रीय बस टर्मिनलमा रहेको राष्ट्रिय सहकारी बोर्डको चौरमा शुक्रबारदेखि प्रथम भरतपुर सांस्कृतिक तथा कृषि, उद्योग पर्यटन, व्यापार महोत्सव २०७६ सुरु भएको छ । महोत्सवको उद्घाटन बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेलले गरे ।
महोत्सवको उद्घाटन गर्दै भुर्तेलले स्थानीय स्तरमा हुने मेला महोत्सवले स्थानीय उत्पादनलाई जोड दिनुपर्ने बताए । महोत्सवले कृषि, पर्यटनलगाय...









