‘द लिडर’ को पहिलो अडिसन चितवनमा हुने
केदार शर्मा
चितवन- टेलिभिजन रियालिटी शो ‘द लिडर’ को पहिलो अडिसन चितवनको भरतपुरमा हुने भएको छ । चर्चित सञ्चारकर्मी रवि लामिछाने प्रस्तोता रहने उक्त रियालिटी शो को पहिलो अडिसन आगामी चैतको पहिलो साता भरतपुरमा गर्न लागिएको हो ।
‘एसआरबीएन’ मिडियाले सञ्चालन गर्न लागेको ‘द लिडर’ को पहिलो शो चितवनबाट सुरु गर्ने तयारी भइरहेको र स्थानको रुपमा भरतपुरलाई छनोट गरिएको द लिडरका प्रोड्युस...









