चितवन प्रिमियर लिगमा राप्ती र्यापिड्स च्याम्पियन
चितवन- राप्ती र्यापिड्स प्रथम संस्करणको सिएमसी चितवन प्रिमियर लिग सिपिएलको च्याम्पियन बनेको छ । नारायणगढको क्याम्पाचौरमा आज शुक्रबार सम्पन्न फाइनल खेलमा सौराहा स्याण्ड्सलाई पराजित गर्दै राप्ती च्याम्पियन बनेको हो ।
सौराहाले दिएको १४० रनको लक्ष्य राप्तीले १७ ओभर ४ बलमा मात्र २ विकेट गुमाउदै पुरा गरे । राप्तीको जीतमा कप्तान आकाश थापाले कप्तानी इनिङ खेले । थापाले पहिलो वि...









