बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
चितवन- चितवनको खैरहनी-३ स्थित तरकारीचोकस्थित महेन्द्र राजमार्गमा सवारी दुर्घटनामा आज बिहान एक जनाको ज्यान गएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा४ख ९५०९ नम्बरको बसले विपरीत दिशाबाट गइरहेको ना३९प १९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका नामथर खुल्न नसकेका एक पुरुषका भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । शनिबार राति सवा १२ बजेको समयम...

क्रिकेट रंगशालाका लागि एनसीएसएसको सहयोग हस्तान्तरण

क्रिकेट रंगशालाका लागि एनसीएसएसको सहयोग हस्तान्तरण
चितवन- चितवनको भरतपुर महानगर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस)ले विभिन्न चरणमा सहयोग रकम हस्तान्तरण गरेको छ । जनस्तरबाट रंगशाला निर्माण गर्न लागेको संस्था धुर्मुस–सुन्तली फाउन्डेसनलाई विभिन्न चरणमा गरी ५ लाख ६६ हजार २९५ रुपैयाँ हस्तान्तरण गरिएको छ । सो संस्थाको सक्रियतामा रत्ननगर महोत्सव अवधिभर पुस २५ देखि ...

रत्ननगर जेसीजको पदस्थापन तथा पुरस्कार वितरण

रत्ननगर जेसीजको पदस्थापन तथा पुरस्कार वितरण
चितवन- रत्ननगर जेसीज तथा रत्ननगर जुनियर जेसीजको संयुक्त पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । रत्ननगर जेसीज वर्ष–२०२० का अध्यक्ष प्रदीप अधिकारी रहेका छन् भने जुनियर जेसीजका अध्यक्ष विदुर खनाल रहेका छन् । रत्ननगर जेसीजका वर्ष २०१९ का अध्यक्ष सुवास पोखरेलले वर्ष २०२० का अध्यक्ष अधिकारीलाई सपथग्रहण गराई पदस्थापन गराएका थिए भने जुनियर जेसीजका वर्ष २०१९ का अध्यक्ष ...

सिपिएल टि ट्वान्टी क्रिकेट : सौराहाविरुद्ध माडीको सहज जित

सिपिएल टि ट्वान्टी क्रिकेट : सौराहाविरुद्ध माडीको सहज जित
चितवन- सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) टि–२० क्रिकेट प्रतियोगितामा माडी टाइगर्सले विजयी सुरूवात गरेको छ । प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न खेलमा माडीले सौराहा स्याण्ड्सलाई ६ विकेटले पराजित गरेको हो । सौराहाले दिएको ७० रनको झिनो लक्ष्य माडीले ११.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो । माडीलाई सहज जित दिलाउन खडक बोहराले ३३ रनको योगदान गरे । उनले केबल २३ बलमा ५ चौका र १ छक्का प...

ओमशान्ति आधारभूत विद्यालयको १९औँ वार्षिकोत्सव सम्पन्न

ओमशान्ति आधारभूत विद्यालयको १९औँ वार्षिकोत्सव सम्पन्न
चितवन- ओमशान्ति राष्ट्रिय आधारभूत विद्यालय रत्ननगर–१, निपनीको १९औँ वार्षिकोत्सव शनिबार एक भव्य समारोहबीच सम्पन्न भएको छ । विभिन्न भेषभूषा र झाँकीसहित सुरू भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष नेमराज पौडेलले सबै अतिथि एवम् अभिभावकहरुलाई स्वागत गर्दै स्थानीय स्तरबाट सञ्चालित विद्यालयले १९औँ वार्षिकोत्सव मनाउन सफल भएकोमा खुसी प्रकट गरे । विद्यालयकी प्रधानाध्यापक राधा चौध...

कोरोना भाइरसको शङ्कास्पद बिरामीलाई भरतपुर अस्पतालमा छुट्टै कक्ष

कोरोना भाइरसको शङ्कास्पद बिरामीलाई भरतपुर अस्पतालमा छुट्टै कक्ष
चितवन- छिमेकी राष्ट्र चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि यहाँको भरतपुर अस्पतालले उच्च सतर्कता अपनाएको छ । अस्पतालले शङ्कास्पद बिरामीको उपचारका लागि छुट्टै कक्ष खडा गरी उपचार सुरू गरेको छ । उपत्यका बाहिर धेरै बिरामीको चाप हुने भरतपुर अस्पतालमा पाँच श्ययाको छुट्टै कक्ष खडा गरी सेवा सुरू गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्रीराम तिवारीका अनुसार शङ्कास्पद बिराम...

कम्प्युटर विषयका शिक्षकहरुको चितवन कार्यसमिति गठन

कम्प्युटर विषयका शिक्षकहरुको चितवन कार्यसमिति गठन
चितवन- चितवनका कम्प्युटर विषयका प्राध्यापक तथा शिक्षकहरुको भेलाले कम्प्युटर फ्याकल्टी एशोसिएसन अफ नेपालको चितवन कार्यसमिति गठन गरेको छ । हरि सापकोटाको सभापतित्व एवम् बालकुमारी कलेजका प्राध्यापक जगदीश्वर खनालको प्रमुख आतिथ्यतामा भएको भेलाले हरि सापकोटाको अध्यक्षतामा नौ सदस्यीय चितवन जिल्ला कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा बिन्दु अर्याल, सचिवमा नारायण दहाल, सहसचिवमा...

चितवन प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता सुरु

चितवन प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता सुरु
चितवन- चितवन प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता आजदेखि नारायणगढको क्याम्पाचौरमा सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गर्दै क्रिकेट खेलले नेपालमा विस्तारै गति लिँदै गएको बताए । खेल क्षेत्रको विकासका लागि खेलाडी, प्रशिक्षक र समर्थकको सहयोग तथा त्याग आवश्यक रहेको उनको भनाइ थियो । उहाँले खेल क्षेत्रमा लागेका खेलाडीले अनुशास...

माडीमा सुरक्षा गार्डसम्बन्धी ३२ दिने तालिम सुरु

माडीमा सुरक्षा गार्डसम्बन्धी ३२ दिने तालिम सुरु
चितवन- माडी नगरपालिका ३ बसन्तपुरस्थित माडी माध्यमिक विद्यालयको सभाहलमा युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले सीपमूलक तालिम सुरु भएको छ । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र हेटौँडा तथा बाबा सेक्युरिटी एण्ड वर्कस् कम्पनी प्रालि भरतपुरको संयुक्त आयोजना र माडी नगरपालिका वडा नं ३ को सहयोगमा संचालित निःशुल्क ३२ दिने सुरक्षा गार्ड विषयक सीमुलक तालिम आयोजना गरिएको हो । उक्त सो उ...

देव हस्पिटल प्रालि नयाँ व्यवस्थापनमा सञ्चालन

देव हस्पिटल प्रालि नयाँ व्यवस्थापनमा सञ्चालन
चितवन- चितवनको भरतपुर–१०, अस्पताल रोडमा नयाँ व्यवस्थापनका साथ देव हस्पिटल प्रालि सञ्चालनमा आएको छ । विशेषज्ञ सेवासहितको उपचार सुरू गरिएको अस्पतालका अध्यक्ष प्रवीण रानाभाटले बताए । २५ शय्याको सो अस्पतालमा सम्पूर्ण अप्रेसनहरु दूरबिनको प्रयोगबाट मात्र गरिने बताइएको छ । अस्पतालहरुका बीचमा थप एउटा अस्पतालको रुपमा मात्रै नआएको भन्दै उनले भने, ‘गुणस्तरीय सेवा र विशेषज्ञ सेवाबाट फरक ...