ब्राह्मण समाजको महायज्ञमा दानदाताको सहभागिता बढ्दै
चितवन- भरतपुर महानगरपालिका वडा नं ९ शरदपुरमा जारी श्रीमद्भागवत् विराट् ज्ञानमहायज्ञको छैंटौँ दिनसम्म आइपुग्दा दानदाताको सहभागिता बढ्दै गएको छ । सोमबारमात्रै १४ लाख ९४ हजार ४ ९८ रुपैया आर्थिक संकलन भएको महायज्ञ मूल समारोह समितिका संयोजक टंकनाथ पौडेलले बताए ।
ॐकार परिवारको सहभागिता र ब्राह्मण समाज नेपालको आयोजनामा आयोजना गरिएको महायज्ञ १५ गतेदेखि सुरु भएको हो । महायज्ञमा प्रमुख ...









