चितवन मेडिकल कलेज पैसा फिर्ता गर्नुको साटो बिद्यार्थी फसाउने दाउमा लागेको आरोप, सबैले होस्टल छोडे
चितवन । सरकारले तोकेको भन्दा बढि रकम लिएको बिरोधमा उत्रिएका बिद्यार्थीलाई पैसा फिर्ता गर्नुको साटो बिद्यार्थीलाईनै फसाउने दाउमा चितवन मेडिकल कलेज लागेको बिद्यार्थीहरुले आरोप लगाएका छन् । शनिवार चितवन मेडिकल कलेजको भरतपुर महानगरपालिका–५ कैलाशनगर स्थित होस्टल परिसरमा सट गन भेटिएको भनि गरिएको प्रचारले पनि यसलाई पुष्टि गरेको बिद्यार्थीहरुको भनाई छ ।
यस अघिका वर्षहरुमा बिद्यार्थी...








