ज्ञानेन्द्र शाहीमाथि आक्रमणको घटना अनुसन्धान गर्न समिति गठन
चितवन । भ्रष्टाचारविरोधी अभियान चलाउँदै आएका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो ।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पीडित पक्षबाट हालसम्म उजुरी परेको छैन । चौबीसघन्टासम्म पनि उजुरी नपरेपछि प्रहरी कार...









