रत्ननगर उवासंघः वाणिज्य उपाध्यक्ष उमेदवार डल्लाकोटी भन्छन “मेरो हस्ताक्षरनै किर्ते गरियो”
महेश पाण्डे
चितवन । रत्ननगर उवासंघको वाणिज्य उपाध्यक्षमा आफ्नो उमेदवारी दिएका देवी प्रसाद डल्लाकोटीले आफ्नो हस्ताक्षरनै किर्ते गरिएको बताएका छन् । यहि मंसिर २८ र २९ गते हुने रत्ननगर उद्योग वाणिज्य संघको अधिवेशनमा नेकपा प्यानलबाट वाणिज्य तर्फको उपाध्यक्ष पदमा आफुलाई उठाउने केहि समय अघि नेकपा प्यानलको ३ सदस्य रहेको वार्ता टोलिबाट टुङ्गिएको भएता पनि अन्तिम समयमा आएर मनोनयन दर्ताक...









