थप १७ जनासहित संक्रमितको संख्या ४४४ पुग्यो
काठमाडोँ । नेपालमा बिहीबार झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार कचनाकवल गाउँपालिकाको वडा नं ३, ६ र ८ मा १५ जना कोरोना संक्रमित फेला परेका हुन् । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका छन् ।
यस्तै, ध...



