कोभिड-१९ : विश्वभर ४ लाख १५ हजार बढीको मृत्यु, ७३ लाख ७३ हजार बढी संक्रमित
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १५ हजार १८० पुगेको छ । साथै, यस संक्रमणबाट विश्वभर ७३ लाख ७३ हजार ७५६ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
नेपाली समयानुसार बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३६ लाख ३७ हजार ९४५ जना निको भएका छन्। ह...









