मध्यवर्तीको जग्गा मनपर्दी नबाड्न र माडी बाँदरझुलाको जग्गा नचलाउन चितवन निकुञ्जको निर्देशन
चितवन । चितवनमा भूमि आयोगले मध्यवर्ती क्षेत्रमा पर्ने माडीको बाँदरझुला लगायत विभिन्न क्षेत्रमा निकुञ्जको सहमति बिना जग्गाको नाँपजाँच गरेर जग्गाको निस्सा बाड्न थालेपछि चितवन राष्ट्रिय निकुञ्जले चितवनको मध्यवर्ती क्षेत्रको जग्गा नापजाँच नगर्न निर्देशन दिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले सो बारेमा जानकारी गराउँदै १० दिन अघिनै सबै मध्यवर...









