विपन्न नागरिकलाई निःशुल्क उपचार गर्दै रत्ननगर नगरपालिका, बनायो ३० लाखको कोष
महेश पाण्डे,
चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकाले बिपन्न नागरिकलाई निशुल्क उपचार गर्ने भएको छ । जसको लागि नगरपालिकाले ३० लाखको बिपन्न नागरिक उपचार कोषको स्थापना गरेको छ ।
आईतबार बकुलहर रत्ननगर अस्पतालमा एक कार्यक्रमको आयोजना गरि नगरपालिकाले स्थापना गरेको सो बिपन्न नागरिक उपचार कोषको नगर प्रमुख प्रल्हाद सापकोटाले सुरुवात भएको घोषणा गरे ।
कार्यक्रममा बोल्दै...









