बिरामी लिएर काठमाडौं जाँदै गरेकाे भ्यान त्रिशुली नदीमा खस्याे, ३ बेपत्ता १ सकुसल

बिरामी लिएर काठमाडौं जाँदै गरेकाे भ्यान त्रिशुली नदीमा खस्याे, ३ बेपत्ता १ सकुसल
चितवन । बिरामी लिएर काठमाडौं जाँदै गरेकाे पिकअप भ्यान त्रिशुली नदीमा खस्दा ३ बेपत्ता भएका छन् भने १ जना सकुसल रहेका छन् । आज (बिहीबार) बिहान ०५:३० बजेको समयमा ईच्छाकामना गा.पा ४ पृथ्वी राजमार्गको नाग्दी खोला भन्ने स्थानमा प्युठानबाट बिरामी लिएर काठमाण्डौ तर्फ गई रहेको लु१च ९७३१ नम्बरको पिकअप भ्यान सडकबाट अन्दाजी ५०/६० मिटर तल त्रिशुली नदीमा खस्दा पिकअप भ्यानमा चालक सहित ३ ज...

भरतपुर अस्पतालमा परिक्षण गरिएका थप ८ जनामा कोरोना संक्रमण पुष्टि

भरतपुर अस्पतालमा परिक्षण गरिएका थप ८ जनामा कोरोना संक्रमण पुष्टि
चितवन । भरतपुर अस्पतालमा परिक्षण गरिएका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको ६२ वटा नमुना परीक्षणमा ८ वटा नमुनाको कोभिड–१९ पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । कोरोना संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ३ जना पुरुष र ३ जना महिला रहेका छन् । यस्तै रत्ननगर नगरपालिका–१६ की २३ वर्षीया महिला...

माडीमा लकडाउनका कारण फलफूलखेती हुन नसकेपछि मकै खेती गरियो

माडीमा लकडाउनका कारण फलफूलखेती हुन नसकेपछि मकै खेती गरियो
अजित अधिकारी चितवन । माडी नगरपालिका ५ स्थित मगोइ खोलाको किनार हुँदै बघौडादेखि छरछरेसम्म गरिने भनिएको बृहत फलफूलखेती लकडाउनका कारण प्रभावित भएपछि मकै खेती गरिएको छ । बिश्वब्यापी महामारीको रुपमा रहेको कोभिड १९ अर्थात कोरोना भाइरसका कारण विश्व समुदाय नै आक्रान्त बनिरहेका बेला यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा विभिन्न ब्यापार ब्यबसाय एबम कृषि क्षेत्रमा नराम्रो संग असर पारेको...

पूर्वी चितवनको रत्ननगरमा साहारा सुपरमार्केटको शुभारम्भ (फोटो फिचर सहित)

पूर्वी चितवनको रत्ननगरमा साहारा सुपरमार्केटको शुभारम्भ (फोटो फिचर सहित)
महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननगरमा साहारा सुपरमार्केटको शुभारम्भ गरिएको छ । रत्ननगर–१, सौराहाचोकमा सुविधा सम्पन्न रुपमा स्थापना गरिएको साहारा सुपरमार्केटको आज (बुधवार) एक कार्यक्रमको आयोजना गरि शुभारम्भ गरिएको हो । सो सुपरमार्केटको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन र बिशिष्ठ अतिथि नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायीका करिश्म...

माडीमा फोहोर जलाउने क्रममा एक घर जलेर नष्ट

माडीमा फोहोर जलाउने क्रममा एक घर जलेर नष्ट
अजित अधिकारी, चितवन । माडी नगरपालिका ६ स्थित कल्याणपुरमा एक स्थानीयको घरमा आगलागी भएको छ । आफ्नो घरको फोहोर जलाउने क्रममा कल्याणपुर निवासी स्थानीय रामचन्द्र महतोको बिहिवार अपरान्ह ४ बजेको समयमा घरमा खरको छानामा आगलागी हुँदा घर पुरै जलेर नष्ट भएको प्रहरीले जनाएको छ । मानबीय क्षति नभएको तर घरमा भएका भाँडाकुँडा तथा जिन्सी सामान एबम महत्त्वपूर्ण कागजातहरु जलेर नष्ट भएको पीड...

माडीमा अयोध्याधाम लगाएतका विषयकमा पत्रकार सम्मेलन

माडीमा अयोध्याधाम लगाएतका विषयकमा पत्रकार सम्मेलन
अजित अधिकारी चितवन । अयोध्या अध्ययन, अनुसन्धान तथा ब्यबस्थापन समितिको आयोजनामा शुक्रवार माडी नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बिच पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामचन्द्रको जन्म चितवन माडीको अयोध्यापुरीमा भएको अभिव्यक्ति दिएपछि । माडी यतिबेला चर्चाको शिखरमा रहेको हो । यस बिषयकले केन्द्रस्तरबाट नै प्राथमिकता पाएपछि माडी नगरपाल...

सगरमाथा मोवाईलले ल्यायो हात खाली नजाने उपहार याेजना

सगरमाथा मोवाईलले ल्यायो हात खाली नजाने उपहार याेजना
रामु आचार्य चितवन । रत्ननगर-१, सौराहाचोक स्थित गङ्गा प्लाजामा बिगत १२ वर्ष देखि संचालित सगरमाथा मोवाईलले चाडपर्वको अवसर पारि आम ग्राहकवर्ग लाई सम्मान स्वरुप विविध उपहार योजना लिएर आएको छ । कार्तिक १ गते देखि मोवाईल खरिद गर्नुहुने ग्राहक वर्गका लागी मासिक लक्की ड्र को आयोजना गरी पुरस्कार प्रदान गरिने सगरमाथा मोवाईल हाउसका संचालक शंकर पौडेलले बताए । पहिलो लक्की ड्र यहि ...

जर्मनीबाट राप्ती र कालिका नपाका चेपाङ्गलाई ५ लाख बराबरको दशैं राहत वितरण

जर्मनीबाट राप्ती र कालिका नपाका चेपाङ्गलाई ५ लाख बराबरको दशैं राहत वितरण
रवि रोषी नेपाल वाल सहायता संघ जर्मनी अर्थात् किन्डरहेल्प नेपाल हाइके जर्मनीबाट राप्ती र कालिका नपाका चेपाङलाई ५ लाख बराबरको दशैं राहत आज वितरण वितरण गरेको छ । चितवनको राप्ती नगरपालिका अन्तर्गत कालिखोलाका ८५ घरधुरीका अति विपन्न सीमान्तकृत चेपाङ जातिलाई वितरण गरिएको छ । जगत चेत प्रतिष्ठानको अक्षुण्ण पहलकदमीमा किन्डरहेल्प नेपाल हाइके जर्मनीबाट नितान्त सीमान्तकृत चेपाङ समुदायल...

माडीमा धान काट्ने मेसिन कम्बाइन हार्मेस्टरको कृषि मन्त्री लामाद्वारा उद्धघाटन

माडीमा धान काट्ने मेसिन कम्बाइन हार्मेस्टरको कृषि मन्त्री लामाद्वारा उद्धघाटन
अजित अधिकारी चितवन । माडी नगरपालिका ८ स्थित कान्तिपुरमा सुर्यदय कृषि सहकारी संस्थाद्वारा संचालित सामुहिक खेतीको बुधबार कृषि मन्त्री दावा दोर्जे लामाद्वारा अबलोकन एबम धान काट्ने मेसिन कम्बाइन हार्मेस्टरको उद्धघाटन गरिएको छ । सो उदघाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा कृषि मन्त्री दावा दोर्जे लामा रहेका थिए । यसैगरी बिशिष्ट अतिथिमा माडी नगर प्रमुख ठाकुर प्रसाद ढकाल, उप प्...

नेपाल तरुण दल चितवनले आइतबार रत्ननगरमा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने

नेपाल तरुण दल चितवनले आइतबार रत्ननगरमा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने
महेश पाण्डे चितवन । नेपाल तरुण दल चितवनले आइतबार रत्ननगरमा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाल तरुण दल चितवनको आयोजना तथा नेपाल तरुण दल क्षेत्र नं. १ र ने.वि.संघ क्षेत्र नं. १ को सह आयोजनामा आईतबार रत्ननगरमा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको आज (शनिवार) रत्ननगरमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो । नेपाल तरुण दल चितवनका सभापत...