ढुंगा, बालुवा र गिटी निकासी गर्ने नीति फिर्ता गर्न विपक्षी गठबन्धनको माग
काठमाडौँ । ढुंगा, बालुवा र गिटी निकासी गर्ने नीति फिर्ता गर्न विपक्षी गठबन्धनले माग गरेका छन् । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत व्यापार घाटा कम गर्ने भनी खानीजन्य ढुंगा, बालुवा र गिटीको निकासी गर्न दिने नीति ल्याइएको जनाई त्यसलाई फिर्ता गर्न विपक्षी दलको गठबन्धनले माग गरेको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पक...








