नारायणी नदिमा चिप्लिएर लड्दा एक जना बेपत्ता

नारायणी नदिमा चिप्लिएर लड्दा एक जना बेपत्ता
चितवन । नारायणी नदिमा चिप्लिएर लड्दा एक जना बेपत्ता भएका छन् । बिहिबार बेलुका ५ः०० बजेको समयमा भरतपुर–१ जोरकुसुम पार्कको चौतारामुनि सफा गर्ने क्रममा चिप्लिएर लड्दा एक जना बेपत्ता भएका हुन् । प्रहरीका अनुसार पार्कको चौतारामुनी सफा गर्ने क्रममा गोरखा आरुघाट घर भई हाल जिल्ला चितवन भरतपुर –२ क्षेत्रपुर बस्ने बर्ष ४५ को रमेश खनाल चिप्लिएर नारायणी नदिमा खसेर बेपत्ता भएका हुन् ।...

रत्ननगरमा गैंडाको आक्रमणबाट एक जना घाईते

रत्ननगरमा गैंडाको आक्रमणबाट एक जना घाईते
चितवन । रत्ननगर नगरपालिका वडा नं. ८ मा गैंडाको आक्रमणमा परि एक जना घाईते भएका छन् । घाईते हुनेमा सोही स्थानमा बस्ने ३१ वर्षिया कुन्दन लामा रहेको प्रहरीले जनाएको छ । आज (मंगलबार) बिहान १०ः०० बजेको समयमा घर नजिकै रहेको बागमारा सामुदायिक वनमा न्युरो टिप्न गएका लामालाई गैंडाले अचानक आक्रमण गर्दा उनि घाईते भएका थिए । अनुहार र छातिमा चोट लागि घाईते भएका लामाको नयाँ मेडिकल कलेज भर...

चितवनका निजी विद्यालयका शिक्षकहरुद्धारा सामुदायिक विद्यालय सरह तलब माग

चितवनका निजी विद्यालयका शिक्षकहरुद्धारा सामुदायिक विद्यालय सरह तलब माग
चितवनको निजी विद्यालयका शिक्षकहरुले सामुदायिक विद्यालयको सरह तलब माग गरेका छन् । संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) चितवनले साउन १ गतेदेखि लागू हुने गरी वृद्धि भएको तलब, चाडपर्व खर्च तथा महङ्गी भत्ता उपलब्ध गराउन माग गरेको हो । युनियनले आफ्नो मागसहित आज (बिहीबार) जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई चितवन प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षण पत्रमा साउन १ ग...

नगरपालिकाको होडिङ बोर्ड करको निर्णयप्रति रत्ननगर उवासंघको आपत्ति, ब्यवसाय मैत्री नभएको आरोप

नगरपालिकाको होडिङ बोर्ड करको निर्णयप्रति रत्ननगर उवासंघको आपत्ति, ब्यवसाय मैत्री नभएको आरोप
चितवन । रत्ननगर नगरपालिकाले ब्यवसाय पहिचानको लागि ब्यवसायीले राखेका होडिङ बोर्डमा पनि कर लगाउने निर्णय गरेपछि रत्ननगर उवासंघले आपत्ति जनाएको छ । संघका कार्यवाहक अध्यक्ष शंकर गिरीले आज (बिहिबार) एक प्रेस बिज्ञप्ति जारी गर्दै नगरपालिकाले नगर क्षेत्रमा ब्यवसाय गर्ने ब्यवसायीहरुले आफ्नो पहिचानको लागि राखेको होडिङ बोर्डमा बिज्ञापन करको नाममा असुलिका लागि भनेर असार २७ गते पत्र ...

लायन्य क्लब अफ रत्ननगर पञ्चकन्याको स्थापना दिवस तथा पदस्थापन कार्यक्रम सम्पन्न

लायन्य क्लब अफ रत्ननगर पञ्चकन्याको स्थापना दिवस तथा पदस्थापन कार्यक्रम सम्पन्न
महेश पाण्डे चितवन । लायन्य क्लब अफ रत्ननगर पञ्चकन्याको स्थापना दिवस तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सौराहामा एक भव्य कार्यक्रमका बिच क्लबको पहिलो स्थापना दिवस तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । ३६ जना सदस्य रहेका सो क्लबमा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई डिष्ट्रिक गभर्नर सिद्धार्थ लाल चुकेले सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण पछि बोल्दै गभर्नर चु...

भरतपुरमा परिचय नखुलेका एक पुरुषको शव फेला

भरतपुरमा परिचय नखुलेका एक पुरुषको शव फेला
चितवन । भरतपुरमा परिचय नखुलेका एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज (बिहिबार) बिहान ०७ः१० बजेको समयमा भरतपुर म.न.पा.१ स्थित प्राकृतिक योग चिकित्सालय बागेश्वरीको मेन गेट छेउमा बन्दै गरेको पर्खालको बाहिर पट्टी परिचय नखुलेका एक पुरुषको शव फेला परेको हो । प्रहरीले ति पुरुषको उमेर ३५/४० को जस्तो देखिएको र उनको शव घोप्टो परी मृत अवस...

राप्तिमा दलित केटी र गैरदलित केटा बिच सामाजिक परम्परा अनुसार विवाह

राप्तिमा दलित केटी र गैरदलित केटा बिच सामाजिक परम्परा अनुसार विवाह
चितवन । राप्ती नगरपालिका वडा नम्बर ५ मा दलित र गैरदलित बिच सामाजिक परम्परा अनुसार विवाह भएको छ । राप्ती ५ निवासी रामकृष्ण मिजार र बिन्दा मिजारकी छोरी इन्द्रावती मिजार ,सोही वडामा बसोबास गर्ने राम बहादुर तामाङ र लालिमाया तामाङको कान्छा छोरा अजय तामाङ बिच बिबाह भएको हो । इन्द्रावती र अजय ५ बर्ष देखि प्रेम सम्बन्धमा थिए ।सामाजिक समस्यको रुपमा रहेको जातीय विभेदको अन्त्य गर्दै ...

पिठुवा डेरीका ४३५ किसानले पाए १५ लाख अनुदान

पिठुवा डेरीका ४३५ किसानले पाए १५ लाख अनुदान
चितवन । रत्ननगरको पिठुवामा रहेको पिठुवा दुग्ध उत्पादक सहकारी संस्थाले आफ्ना ४३५ कृषकलाई अनुदान रकम वितरण गरेको छ। २०७७ साल श्रावण देखि २०७८ साल असार मसान्तसम्म दूध बिक्री गरेका कृषकहरुलाई अनुदान रकम वितरण गरिएको हो । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाट प्राप्त अनुदान रकम पन्ध्र लाख एकानब्बे हजार चार सय उनन्सत्तरी रुपियाँ सहकारीका कृषकहरूले प्राप्त गरे...

लाईन्स क्लव अफ रत्ननगर स्टारले सुरु गर्‍यो निशुल्क सार्वजनिक शौचालय

लाईन्स क्लव अफ रत्ननगर स्टारले सुरु गर्‍यो निशुल्क सार्वजनिक शौचालय
चितवन । लायन्स क्लब अफ रत्ननगर स्टारले रत्ननगरमा निशुल्क सार्वजनिक शौचालय सुरु गरेको छ । देश खुला दिसामुक्त घोषणा भएपनि शौचालयको प्रभावकारी प्रयोग नभइरहेको अवस्थामा रत्ननगरको बकुलहरमा लायन्स क्लब अफ रत्ननगर स्टारले निशुल्क सार्वजनिक शौचालयको सुरुवात गरेको हो । सो निशुल्क सार्वजनिक शौचालयको बुधवार रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले उद्धघाटन गरे । प्रमुख अतिथी समेत...

भरतपुरमा चालकको लापरबाहीले सह–चालकको ज्यान गयो

भरतपुरमा चालकको लापरबाहीले सह–चालकको ज्यान गयो
चितवन । भरतपुरमा चालकको लापरबाहीले सह–चालकको ज्यान गएको छ । प्रहरीका अनुसार आइतबार बिहान ०८ः१० बजेको समयमा भरतपुर म.न.पा.२५ शुक्रनगरमा ना५ख ९६७ नम्बरको बस बिग्री सो बसका चालक र सह–चालकले बस मर्मत गरि रहको अबस्थामा बस चालकले बस स्टार्ट गरि बस अगाडी बढाउने क्रममा बसको मुनि रहेका सोही बसका सह–चालकको मृत्यु भएको हो । सह–चालक भरतपुर–२४ बस्ने बर्ष २१ का सुरज नेपालीलाई अचानक बस...