नेपालमा थपिए १३० संक्रमित, ७५ जना निको भई फर्किए
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १३० जनामा कोरोना पुष्टि भएको छ । देशभरका २८ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा १३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । जसमा ५४४० जना संक्रमित उपचाररत छ...








