दुबइबाट फर्केका एकमा ‘एन्टीबडी पोजेटिभ’

दुबइबाट फर्केका एकमा ‘एन्टीबडी पोजेटिभ’
भद्रपुर । प्रदेश नं १ मा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गरिएकामध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’ भेटिएको छ । हल्दिबारी गाउँपालिकाका ६१ जनाको बुधबार आरडिटी गरिएकामा वडा नं २ का ३१ वर्षीय युवामा एन्टीबडी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले बताए । उनका अनुसार आरडिटीबाट पोजेटिभ देखिएका व्यक्तिसहित ...

कोरोना महामारी : २० लाख ८३ हजार संक्रमित, एक लाख ३४ हजार बढीको मृत्यु

कोरोना महामारी : २० लाख ८३ हजार संक्रमित, एक लाख ३४ हजार बढीको मृत्यु
काठमाडौँ । चीनको वुहान सहरबाट उत्पत्ति भई विश्वभरका मानिसलाई त्रास र सन्नाटाको स्थितिमा धकेलेको प्राणघातक कोरोना भाइरस (कोभिड १९) को प्रकोपबाट बुधबार रातिसम्म ११० देशका २० लाख ८३ हजार ३०४ मानिस संक्रमित भएका छन् । जसमा ५ लाख १० हजार ३४१ जना निको भएका छन् भने १४ लाख ३८ हजार ३४८ जना बिरामीको विभिन्न देशका अस्पतालमा उपचार जारी छ । जसमध्ये ५१ हजार १४२ जनाको स्थिति जटिल छ । यस...

रत्ननगरका एक व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ

रत्ननगरका एक व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ
चितवन । र्‍यापिड डाइग्नोस्टिक टेस्टमा कोरोना पोजिटिभ देखिएका चितवनको रत्ननगर नगरपालिका–१२, पिठुवाका एक व्यक्तिको स्वाबबाट पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको छ । बुधबार गरिएको र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) परीक्षणमा पोजिटिभ देखिएपछि पुनः स्वाब संकलन गरी भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा आजै परीक्षण गरिएको थियो । पिसिआरमार्फत परीक्षण गर्दा ती ...

लकडाउन उल्लंघन गर्ने सात पुरुषसहित १८६ सवारीलाई कारबाही

लकडाउन उल्लंघन गर्ने सात पुरुषसहित १८६ सवारीलाई कारबाही
चितवन । सरकारले लागू गरेको लकडाउनको उल्लंघन गर्ने सात मानिससहित १८६ सवारीलाई जिल्ला प्रहरी कार्यालय चितवनले होल्ड कारबाही गरेको छ । लकडाउनको २३ औं दिन बुधबार चितवनमा २९ मोटरसाइकल, ६ स्कुटी, एक बलेरो, एक ट्याक्टर, एक साइकल र १४८ मोटरसाइकल तथा स्कुटीको चाबी नियन्त्रणमा लिई बेलुकी ७ः३० बजेपछि सम्झाइ बुझाइ छाडिएको प्रहरीले जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि न...

भारतबाट फर्किएका शंकास्पद दुई जनाको स्वाब टेकु प्रयोगशाला पठाइयो

भारतबाट फर्किएका शंकास्पद दुई जनाको स्वाब टेकु प्रयोगशाला पठाइयो
सुर्खेत । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कोरोना शंकास्पद रुकुमका ३६ वर्षीय दुई जनाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा पठाएको छ । आज मन्त्रालयमा भएको पत्रकार भेटघाटमा केही समयअघि भारतबाट हिँडेरै आएका दुई पुरुषको स्वाब शंकास्पद देखिएपछि पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको जनस्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक रीत...

गोरखाका युवकमा आरडिटी पोजेटिभ, पिसिआर टेष्ट नेगेटिभ

गोरखाका युवकमा आरडिटी पोजेटिभ, पिसिआर टेष्ट नेगेटिभ
गोरखा । र्‍यापिड डाइग्नोस्टिक टेष्टमा नतिजा कोरोना पोजेटिभ देखिएका गोरखाको आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय एक युवकमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोरोना परीक्षण प्रयोगशालामा आज गरिएको स्वाब परीक्षणका क्रममा ती युवकमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको हो । ‘आरुघाट गाउँपालिकाभित्र मङ्गलबार गरिएको र्‍यापिड डाइग्...

रत्ननगरका एक पुरुष र राप्तीकी एक महिलामा आरडिटी परीक्षण पोजेटिभ

रत्ननगरका एक पुरुष र राप्तीकी एक महिलामा आरडिटी परीक्षण पोजेटिभ
चितवन । पूर्वी चितवनको रत्ननगर १४ स्थित पिठुवाका ४७ वर्षीय एक पुरुष र राप्तीकी ६५ वर्षीया एक महिलामा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । गुञ्जमान सिंह हस्पिटलमा निर्माण गरिएको अस्थायी कोरोना आइसोलेसन केन्द्रमा गरिएको परीक्षणका ती पुरुषमा कोरोना पोजेटिभ देखिएको रत्ननगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकार...

आरुघाटका युवामा पनि कोरोना रिपोर्ट पोजेटिभ

आरुघाटका युवामा पनि कोरोना रिपोर्ट पोजेटिभ
गोरखा । गोरखाका एक युवकको र्‍यापिड डाइग्नेस्टिक कीट (आरडिटी) विधिबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ । बहराइनबाट फर्किएका आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय एक युवकमा गरिएको र्‍यापिड टेस्टमा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायण अर्यालले बताए । निज युवक गत फागुन २२ गते बहराइनबाट नेपाल आएका थिए । सुरुम...

निगुरो टिप्न जाँदा बाघको आक्रमणबाट दुई घाइते

निगुरो टिप्न जाँदा बाघको आक्रमणबाट दुई घाइते
चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ११ स्थित चितवन राष्ट्रिय निकुञ्जमा निगुरो टिप्न जाँदा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारीअनुसार बुधबार बिहान ११ः१५ बजेको समयमा निकुञ्जमा निगुरो टिप्न जाँदा कालिका नगरपालिका १ पदमपुरका ४५ वर्षीय सागर थापा मगर र सोही ठाउँकी ५० वर्षीया सानुमाया थापा मगर बाघको आाक्रमणबाट घाइते भएका ह...

वायु सेवा निगमका कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त

वायु सेवा निगमका कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त
काठमाडौँ । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव घिमिरेलाई निगमका अध्यक्षमा नियुक्त गरेको उच्च स्रोतले जानकारी दिएको छ । तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएपछि तीन महिनादेखि निगमको कार्यकारी अध्यक्ष पद रिक्त थि...