कोरोना प्रकोप : अमेरिका, इटाली र स्पेनमा संक्रमण तीव्र, विश्वभर १८ हजार ८९१ को मृत्यु
काठमाडौँ । चीनको वुहान सहरबाट उत्पत्ति भई संसारका १९७ मुलुकमा महामारीको रुपमा विस्तार भएको नोभेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले युरोप र अमेरिकी देशहरुलाई आक्रान्त पारेको छ । यस महामारीबाट बुधबार बिहानसम्म १८ हजार ८९१ जनाको मृत्यु भइसकेको छ भने एकैदिन ४३ हजार ७६८ जना संक्रमित भएका छन् । चौबिसघन्टामा २३७७ जनाले ज्यान गुमाएका छन् ।
कोरोनाको संक्रमणबाट हालसम्म चार लाख २२ ह...








