संसदमा प्रधानमन्त्रीको राजीनामा माग

संसदमा प्रधानमन्त्रीको राजीनामा माग
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद् गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद् थापाले प्रधानमन्त्रीको बैधता र योग्यता गुमेको भन्दै राजीनामा माग गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र देशको हितका लागि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने उनको भनाइ थियो । ‘संख्या तपाईंसँग होला तर शा...

अनियमितता सम्बन्धमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ : नेता रिजाल

अनियमितता सम्बन्धमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ : नेता रिजाल
काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सदनलाई विश्वासमा लिएर काम गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर काँग्रेसका मीनेन्द्र रिजालले मुलुकमा आर्थिक अनियमितता कुरा उठिरहेकाले यसबारेमा प्रधानमन्त्रीले सदनलाई प्रष्ट पार्नुपर्ने बताएका छन् । “विभिन्न आर्थिक अनियमिता भएका घटनाका बारेमा तत्कालै संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्...

दक्षिण कोरियामा कोरोना भाइरस फैलिएपछि नेपालीको उद्धार गर्न माग

दक्षिण कोरियामा कोरोना भाइरस फैलिएपछि नेपालीको उद्धार गर्न माग
काठमाडौँ- नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियालाई कोरोना भाइरसले आक्रान्त बनाएको र नेपाली कामदारसमेत त्यसबाट प्रभावित हुन लागेको जनाउँदै प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ । चीनबाट उत्पन्न भएको भनिएको कोभिड–१९ विश्वव्यापीरुपमा फैलिएको र पछिल्लो दिनमा कोरियामा समेत त्यसले प्रभाव पारेकाले त्यहाँका नेपालीको अवस्था के कस्तो रहेको छ भन्नेबारेमा यथार्...

अनशनरत वडाध्यक्ष पौडेलद्वारा अनशन स्थगित

अनशनरत वडाध्यक्ष पौडेलद्वारा अनशन स्थगित
अजित अधिकारी चितवन- माडीवासीको हकहितका लागि सात सूत्रीय मागसहित फागुन ७ गतेदेखि अनशनरत माडी नगरपालिका वडा नं १का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले मंगलबार बेलुकीेदेखि अनशन तोडेका छन् । राष्ट्रिय निकुञ्ज ऐन २०२९ को संशोधनसहित आमरण अनशनमा बसेका पौडेलको मागप्रति जिल्लाका सबै दलले ऐक्यबद्धता जनाएका थिए । फागुन ७ गते अनशन बस्ने घोषणा गरेका मेयर ठाकुरप्रसाद ढकाललाई नेकपा अध्य...

दक्षिण कोरियामा कोरोना भाइरस फैलिएपछि अनिश्चितकालीन कर्फ्यू जारी

दक्षिण कोरियामा कोरोना भाइरस फैलिएपछि अनिश्चितकालीन कर्फ्यू जारी
सोल- चीनबाट सुरु भएको कोरोना संक्रमणका कारण दक्षिण कोरियाली सहर थेगु प्रभावित भएपछि सरकारले उक्त क्षेत्रबाट संक्रमण रोक्न स्थानीयमाथि विभिन्न रोकावटहरु लगाएको छ । सन् २००९ मा फैलिएको फ्लुमा २६३ जनाको मृत्यु हुँदा कर्फ्यु लगाएयता कोरियामा यो नै कर्फ्युको पहिलो घटना हो । सरकारले कोरोना संक्रमणको सामना सजिलै गर्न सकिने बताए पनि अचानक धेरै मानिसहरुमा एक्कासि संक्रमण पाइएपछि...

किसानलाई घाँसको बीउ र सुत्केरी पशुलाई भत्ता वितरण

किसानलाई घाँसको बीउ र सुत्केरी पशुलाई भत्ता वितरण
चितवन- पूर्वी चितवनको रत्ननगर नगरपालिका २ वडा कार्यालयले दूधको उत्पादन बढाउन र पशुपालनको विकास गर्न किसानमैत्री कार्यक्रम सञ्चालन गर्दै आएको छ । पशुपालन गर्ने इच्छा भएका र आर्थिक अभावका कारण गाईभैँसी किन्न नसकेका किसानहरुलाई गाई दिने तथा व्यावसायिक रुपमा पशुपालन गर्दै आएका किसानहरुका लागि घाँसको बीउ, गोठमै पुगेर स्वास्थ्य परीक्षण र खोपको कार्यक्रम सञ्चालन गरिरहेको छ । सो...

क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्छ : गृहमन्त्री थापा

क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्छ : गृहमन्त्री थापा
चितवन- गृहमन्त्री रामबहादुर थापा बादलले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सरकार सकारात्मक रहेको बताएका छन् । क्यान्सर अस्पतालको निरीक्षणपछि प्रतिक्रिया दिँदै उनले यस अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्ने बताएका हुन् । अस्पताललाई थप अत्याधुनिक बनाएर देशकै क्यान्सर रोग उपचारको प्रमुख केन्द्रका रुपमा विकास गर्नुपर्ने पनि बताए । ...

बाग्मती प्रदेश सरकारले सीमान्तकृतलाई आवास निर्माण गर्ने

बाग्मती प्रदेश सरकारले सीमान्तकृतलाई आवास निर्माण गर्ने
चितवन- बाग्मती प्रदेश सरकारले मकवानपुर तथा चितवन जिल्लाका सीमान्तकृत तथा लोपोन्मुख जातिका लागि आवास निर्माण गर्ने भएको छ । यसका लागि भौतिक विकास तथा योजना मन्त्रालयले चालू आर्थिक वर्षमा रु ४८ करोड ४० बजेट विनियोजन गरेको जनाएको छ । सीमान्तकृत तथा लोपोन्मुख जातिका कूल एक हजार ३८३ वटा पक्की आवास निर्माण गरिने योजनासहित मन्त्रालयले सार्वजनिक सूचनासमेत जारी गरेको छ । सहरी विका...

नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनीको तयारी तीव्र

नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनीको तयारी तीव्र
चितवन- नेपाल पोल्ट्री महासंघको आयोजनामा यही फागुन १६ गतेदेखि यहाँ नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी–२०२० हुने भएको छ । महासंघले सोमबार पत्रकार सम्मेलन आयोजना गरी तीन दिनसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी गर्न लागिएको जानकारी गराएको हो । महासंघको आयोजना, मिडिया स्पेस सोलुसन्स प्रालि तथा फ्युचरेक्स एण्ड इभेण्ट प्रालिको सहकार्यमा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीमा नेप...

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ : नेता खाँण

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ : नेता खाँण
चितवन- नेपाली काँग्रेसका नेता एवम् संसदीय दलको कार्यालयका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्रीका आसपासमा रहेका व्यक्तिहरु भ्रष्टाचारमा लिप्त रहेको बताएका छन् । उनले यसको उदाहारण प्रधानमन्त्रीका विश्वास पात्र तथा सरकारका प्रवक्ताको सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी अडियो रेकर्डले पुष्टि गरेको बताए । उनले भने “सरकारले अनियमितता बढायो । प्रधानमन्त्री भ्रष्टाचारप्रति शून...