ब्रह्मज्योति आधारभूत माविको वार्षिकोत्सव
अजित अधिकारी
चितवन- माडी नगरपालिका ५ ब्रह्मपुरीस्थित श्री ब्रह्मज्योति आधारभूत विद्यालय ३५औँ वार्षिकोत्सव एवं अभिभावक भेला सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि माडी नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव पुष्पराज ढकालले शिक्षा क्षेत्रको विकास र शिक्षालाई स्वच्छ वातावरणमा अगाडि बढाउनुपर्ने तर्क गरे । शिक्षा क्षेत्र राजनीतिबाट अलग रहनुपर्ने धारणा राख्दै उनले समाज विकासक...









