माडीमा सवारी दुर्घटना बढ्न थालेपछि प्रहरीले थाल्यो कडा निगरानी

माडीमा सवारी दुर्घटना बढ्न थालेपछि प्रहरीले थाल्यो कडा निगरानी
अजित अधिकारी चितवन । माडीमा दिनप्रतिदिन सवारी दुर्घटना बढ्न थालेपछि प्रहरीले आजदेखि कडा निगरानी थालेको छ । सडक स्तरोन्नति भएसंगै बढ्दो सवारी दुर्घटना बढ्न थालेपछि उच्च सतर्कता अभियान सुचारु गर्न लागिएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेलले जानकारी दिए । उनले, लापरबाही पुर्बक सवारी चालक अनुमतिपत्र बिना सवारी साधन चलाउने र मादक पदार्थ सेवन गरी तीब्र गतिमा ...

“युनिक युथ नि:शुल्क उपहार घर” को दोस्रो सेवा टाँडी पुलमा सुरु

“युनिक युथ नि:शुल्क उपहार घर” को दोस्रो सेवा टाँडी पुलमा सुरु
चितवन । " युनिक युथ नि:शुल्क उपहार घर " को दोस्रो सेवा पूर्वी चितवनकाे टाँडी पुलमा सुरु भएकाे छ । युनिक युथ क्लब, रत्ननगर र राष्ट्रप्रेमी युवा समाज रत्ननगर को पहलमा विभिन्न समाजिक ब्याक्तित्व एवम् समाजिक संघ-संस्थाहरु को सहयोग र सहकार्यमा निर्मित " युनिक युथ नि:शुल्क उपहार घर " को दोस्रो सेवा टाँडी पुलमा एक कार्यक्रमका बिच शनिबार सुभारम्भ भएकाे हाे । साे कार्यक्रममा रत्ननगर ...

माडीमा इन्टरनेट मार्फत हुने यौन दुर्व्यवहारका बारेमा प्रशिक्षण

माडीमा इन्टरनेट मार्फत हुने यौन दुर्व्यवहारका बारेमा प्रशिक्षण
अजित अधिकारी,चितवन । माडीमा आज इन्टरनेट मार्फत हुने यौन दुर्व्यवहारका बारेमा किशोरीहरुलाई प्रशिक्षण दिइएको छ । १६ दिने लैंगिक हिंसा सम्बन्धि अभियानका क्रममा सक्रिय महिला प्रतिष्ठान माडी र ईलाका प्रहरी कार्यालय माडीको संयुक्त आयोजनामा माडी क्याम्पसको सभाहलमा इन्टरनेट मार्फत हुने अनैतिक गतिविधि र यौन दुर्ब्यवहारका बारेमा सचेना प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । उक्त प्रशिक्षण...

माडीको कृष्णनगर माबिमा खानेपानी लगाएतका विभिन्न पुर्बाधारहरुको समस्या

माडीको कृष्णनगर माबिमा खानेपानी लगाएतका विभिन्न पुर्बाधारहरुको समस्या
अजित अधिकारी चितवन । माडी नगरपालिका ९ स्थित कृष्णनगरमा रहेको कृष्णनगर माध्यमिक बिद्यालयमा खानेपानी लगाएतका विभिन्न पुर्बाधारहरुको समस्या रहेको छ । बिस. २०२१ साल फाल्गुन २ गते स्थापना भएको सो विद्यालय सुरुका दिनहरुमा १ देखि ५ कक्षा सम्म ३५ जना विद्यार्थी राखेर संचालन गरिएको थियो ।२०२८ सालको नयाँ शिक्षा लागु भएपछि १ देखि ३ कक्षा सम्म संचालन गरिएको प्रधानाध्यापक मुक्तिराम सुबे...

चितवनमा राजावादीहरुको बिशाल जुलुस, ‘गणतन्त्र मुर्दावाद’ भन्दै ‘जय देश, जय नरेश’ को नारा गुञ्जीयो

चितवनमा राजावादीहरुको बिशाल जुलुस, ‘गणतन्त्र मुर्दावाद’ भन्दै ‘जय देश, जय नरेश’ को नारा गुञ्जीयो
चितवन । चितवनमा राजावादीहरुले बिशाल जुलुस निकालेका छन् । आज (शनिवार) भरतपुरमा राजावादीहरुले मोटरसाइकल र गाडी सहितको बिशाल जुलुस निकालेका हुन् । राष्ट्रबादी चितवन समाजको नेतृत्वमा आजको सो जुलुस निस्किएको थियो । भरतपुरको केन्द्रिय बसपार्कबाट सुरु भएको सो जुलुस हाकिमचोक,चौविसकोठी,लायन्सचोक,पुल्चोक आँपटारी हुँदै पुनः केन्द्रिय बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई रा...

मदन भण्डारी फाउण्डेसन रत्ननगरको अध्यक्षमा न्यौपाने र स्पोर्टस एकेडेमी अध्यक्षमा चौरेल चयन

मदन भण्डारी फाउण्डेसन रत्ननगरको अध्यक्षमा न्यौपाने र स्पोर्टस एकेडेमी अध्यक्षमा चौरेल चयन
चितवन । मदन भण्डारी फाउण्डेसन रत्ननगर कमिटीको अध्यक्षमा चन्द्रकान्त न्यौपाने तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको अध्यक्षमा अजित चौरेल चयन भएका छन् । मदन भण्डारी फाउण्डेसन तथा मदन भण्डारी स्पोर्टस एकेडेमीे रत्ननगर कमिटीको आज (शनिवार) रत्ननगरमा भएको प्रथम बिस्तारित बैठकबाट न्यौपाने र चौरेलको नेतृत्वमा रत्ननगर नगर कमिटी गठन गरिएको हो । सो बिस्तारित बैठकबाट मदन भण्डारी फाउण्डेसन...

भारतीय चर्चित कलाकार रजनीकान्तद्वारा नयाँ पार्टी खोल्ने घोषणा

भारतीय चर्चित कलाकार रजनीकान्तद्वारा नयाँ पार्टी खोल्ने घोषणा
नयाँ दिल्ली । भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहेका रजनीकान्तले आफूले नयाँ पार्टी खोल्न लागेको बिहिबार जानकारी दिएका हुन् । उनले पार्टीको औपचारिक घोषणा भने यही डिसेम्बर ३१ तारिखका दिन गर्ने पनि बताएका छन् । तमिलनाडुमा निर्वाचन हुन लागेको पूर्वसन्ध्यामा उनले पार्टी खोल्ने र निर्वाचनमा जान...

बिहीबार १३४३ जनामा कोरोना संक्रमण, २१११ जना डिस्चार्ज, थप १३ जनाको मृत्यु

बिहीबार १३४३ जनामा कोरोना संक्रमण, २१११ जना डिस्चार्ज, थप १३ जनाको मृत्यु
काठमाडौँ । नेपालमा बिहीबार १३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार बिहीबार थप १३ सहित १५५१ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा थप २१११ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख २० हजार २७२ पु...

कैदी फरार घटनामा दुई प्रहरी निलम्बित

कैदी फरार घटनामा दुई प्रहरी निलम्बित
चितवन । जिल्ला कारागार भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरूङका अनुसार तत्कालीन समयमा कार्यक्षेत्रमा रहेका प्रहरी जवानद्वय अञ्जन कार्की र सुरेश लामालाई गत आइतबार नै निलम्बन गरिए पनि आज सार्वजनिक गरिएको हो ...

यस वर्षको हिउँदमा गैँडा गणना हुने

यस वर्षको हिउँदमा गैँडा गणना हुने
चितवन । गत दुई वर्ष चाहेर पनि गणना हुन नसकेको राष्ट्रिय गैँडा गणना यस वर्षको हिउँदमा हुने भएको छ । नेपालमा गैँडा रहेका चार वटा राष्ट्रिय निकुञ्जमा गणना गर्न लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार गणनाका लागि बजेट स्वीकृति भइसकेको छ । गैँडा गणना गर्न विभागले रु ८० लाख बजेट विनियोजन गरेको छ । विसं २०७४ मा ...