लकडाउनले बनायो मजदूरलाई व्यवसायी
चितवन । लकडाउनका कारण कतिपय मजदूरलाई दैनिक गुजाराको समस्या परेको भए पनि यहाँका मजदूर भने व्यवसायी बनेका छन् ।
लकडाउनअघि मजदूरीमा लागेका अहिले तरकारी, फलफूल र हरियो मकैजस्ता वस्तुको बिक्री गर्ने व्यवसायमा लागेका छन् । मजदूरले आफैँ ठेला, रिक्सा, साइकल किनेर त्यसमार्फत घरघरमा सामान पुर्याउन थालेका हुन् ।
साइकलमा रु तीन सयको टोकरी (क्रेट) राखेपछि उनीहरुको व्यवसाय सुरु...









